प्यारो सम्झना कमरेड मदन !

Featured विशेष
  • विजयबाबु

एकजना राजा रहनाले त्यत्रो ठूलो कुनै आपत्ति गर्दैन। तर सामन्तवाद, दलाल, नोकरशाही, पूँजीबाद र साम्राज्यबादको शोषण रह्यो भने राजा नरहे पनि हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैनू भन्ने कमरेड तपाईका पालाका राजाले जनताका लागि गद्दी छोडेको धेरै बर्ष भयो तर यहाँ त पुन भुरे टाकुरे राजाहरुको उत्पत्ती भइसकेको अवस्था रहेको छ त्यसैले लाग्छ मदन तिमीले देखेका देश र जनताका सपनामा पात्रमात्र फेरिए तर सामन्तवाद, दलाल, नोकरशाही, पूँजीबाद र साम्राज्यबादको शोषण झन हाव्त्तै बढेको छ ।

तिम्रा कार्यकर्ता मन्त्री बनिसके, आफ्नो काममा रातदीन नभनि जुटिरहेका छन्, कोहि नकचरा अस्पतालमा लाश गनिरहेका छन् त कोहि लाश नसडुन्,नगलुन भनि आर्यघाटहरुमा दाउराको जोहो गर्न तम्तयार छन् ।

कमरेड तिमीले नेपाल भन्ने देश र यहाँका जनताका लागि जुन सपना देखेका थियौं त्यो सपनाको त झन पछी झन धज्जी उडिरहेको महसुस हुन थालेको छ, सरकार तिम्रै दलको छ, राष्ट्रपति स्वयं तिम्री पत्नी, प्रधानमन्त्री तिम्रै सहयोद्या कमरेड तर विडम्बना यो छ कि तिम्रो सपनाको त कुरै छाडौं तिम्रो हत्या भएको दिनमात्र तिमीलाई केहि समयको लागि सम्झने गरिन्छ तर २८ वर्षसम्म पनि गरिदैन हत्याको छानविन हत्यारालाई कारवाही गरिन्छ त केवल तिम्रो नाम र कामको प्रचार मात्र जनताको केही सहानुभुती बटुल्न,तिम्रो हत्याको पर्व मनाईन्छ हरेक वर्षको जेष्ठ ३ गते ।अन्य दिनमा त यहाँ त सम्माननीय भनौदाहरु लत्याएको पदको शपथ लिदाँ देश र जनताको लागि कुनै प्रतिज्ञा गर्न नखोज्दा महामहिम खित्का छाडेर मुस्कराउनु हुन्छ, मदनको जबज जिन्दावाद भन्नेहरु गडगडाहाट तालि पड्काइ रमाउन थाल्छन् मानौ जनताको वलिदानले ल्याएको गणतन्त्रको भद्या मजाक उडाउने समारोह दिवस सरह, किन तिमीलाई थाहा छ मदन! तिम्रो समयमा सच्चा कम्युनिष्टहरु थिए तर आजको समयमा ति रुपान्तरण भइसके कमाउनिष्ट अनि रमाउनिष्टमा ।

कमरेड देश र जनता अहिले कोभिड १९ भन्ने महामारीमा होमिएका छौं,एक थोपा अक्सिजन नपाएर मृत्यवरण गर्नु परिरहेको छ, हामी जनताको बिजोग छ, सरकार दातृ निकायको हामी जनता नेताको आश गरेर बसिरहेको ताजा अवस्था छ तर जब दातृ निकायले सहयोग र्गछ तब हामी जनता लाई हात्ति आयो….. हात्ति आयो…..भन्दै बस्नु बाहेक विकल्प छैन तर तिम्रो दलको,तिम्रै सहर्कर्मी,सहयोद्या,कार्यर्कता सबको रजगज चल्छ आएको सहयोग कमरेडहरुको घर र्छिछ,नअटेको इष्टमित्रकोमा अनि बचेको हामी जनताकोमा…..जनताको स्थिति साच्चै नै भयाभव र नाजुक छ । तिम्रा कार्यकर्ता मन्त्री बनिसके, आफ्नो काममा रातदीन नभनि जुटिरहेका छन्, कोहि नकचरा अस्पतालमा लाश गनिरहेका छन् त कोहि लाश नसडुन्,नगलुन भनि आर्यघाटहरुमा दाउराको जोहो गर्न तम्तयार छन् ।

तिम्रो इतिहास पढ्दा,मदन कमरेड आज जिउँदै भएको भए पनि अहिले सर्वहारा जनताकि राष्ट्रपति कमरेड को पति कमरेड रहि पक्कै गर्वसाथ बाच्न सक्नुहुन्नथ्यो होला । हार्दिक श्रद्धासुमन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *