कर्णाली प्रदेश विपत्को उच्च जोखिममा

सुर्खेत, २५ माघ  मुलुकका साता प्रदेशमध्ये कर्णाली प्रदेश प्राकृतिक विपत्का हिसाबले उच्च जोखिममा रहेको बताइएको छ । यहाँ आयोजित ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपतकालीन तथा विपत् एकाइ, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख चुडामणि भण्डारीले भूकम्पसहित अन्य प्राकृतिक विपत्मा कर्णाली उच्च जोखिम रहेको बताउनुभयो । “वैज्ञानिक […]

Continue Reading

माघ ११ र १२ गते पोखरामा तेक्वान्दो प्रतियोगिता

पोखरा, : कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा हिमालयन कम्यूटर गण्डकी प्रदेश तेक्वोन्दो प्रतियोगिता–२०७५ हुने भएको छ । अागामी माघ ११ र १२ गते पोखरा रंगशालामा हुने प्रतियोगिताको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । युवायुवतिहरुमा आत्मबल बढाउन, नयाँ प्रतिभावान खेलाडीहरु पहिचान र उत्पादन गदै कास्की जिल्ला तेक्वान्दाे संघले २३ वटा डोजाङ र स्कुलहरुमा १२ सय […]

Continue Reading

हिमपात हुँदा सदरमुकाम सिमकोटका महिलाहरुले चिसोमा पनि हिउँदे काम गर्दै ।

हुम्लामा हिमपात हुँदा सदरमुकाम सिमकोटका महिलाहरुले चिसोमा पनि हिउँदे काम गर्दै । बाक्ला कपडा र कम्बल ओडर भारी बोक्दै । तस्वीर ः दाने बोहरा, हुम्ला, रासस

Continue Reading

अत्यधिक चिसोपछि विद्यालय बन्द

हुम्ला, १८ पुस अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ । आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताउनुभयो । “आगामी फागुन १ गतेसम्म […]

Continue Reading

भोकमरी, बोक्सी र छाउपडी प्रथाविरुद्ध लड्न आग्रह

सुर्खेत, १० पुस कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको समन्वय तथा राष्ट्रिय समाचार समिति (रासस) कर्णाली प्रदेश कार्यालयको आयोेजनामा सञ्चालित ‘कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण’मा सहभागी पत्रकारलाई प्रमाणपत्र वितरणका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न तीन दिने उक्त प्रशिक्षणमा मन्त्री ज्वालाले प्रदेशको भोकमरी तथा […]

Continue Reading

एक किलो नुनको रु ७०

हुम्ला, २४ मङ्सिर  हुम्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् । सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त डिपोमा नुनको अभाव भएको छ । सो गाउँपालिकामा रहेका आठवटै वडाका स्थानीयवासीले एक पोका नुनको रु ७० तिरेर खानु परेको उक्त गाउँपालिका–४ निवासी […]

Continue Reading

नेकपाको प्रदेश सदस्यमा जुम्लाबाट १४ जना

खलङ्गा, २१ मङ्सीर  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रदेश कमिटीमा जुम्लाबाट १४ जना चयन भएका छन् । प्रदेश समितिमा चयन हुनेमा पूर्वमाओवादी केन्द्रबाट पाँच र पूर्वएमालेबाट नौ जना रहेका छन् । पूर्वमाओवादी केन्द्रबाट चयन भएकामा पूर्ण धिताल, गोमा कुँवर, बिरबहादुर कुँवर, नमराज न्यौपाने र लक्ष्मीकन्य बुढा रहेका छन् । त्यसैगरी पूर्वएमालेबाट चयन भएकामा बलबहादुर महत, […]

Continue Reading

पूर्व गाविस उपाध्यक्ष मृत फेला

दमौली, १३ मङ्सिर  तनहुँको साविक काहुँशिवपुर गाविसका पूर्वउपाध्यक्ष उडबहादुर आले मृत अवस्थामा फेला पर्नुभएको छ । एक हप्तादेखि बेपत्ता रहनुभएका उहाँ बुधबार साँझ व्यास नगरपालिका–१३ बेनीकोटस्थित जङ्गलमा मृत अवस्थामा फेला पर्नुभएको हो नेपाली काङ्ग्रेस रिसिङ गाउँपालिका–१ का सदस्यसमेत रहनुभएका ६६ वर्षीय आले मङ्सिर ५ गतेदेखि बेपत्ता हुनुभएपछि प्रहरी र आफन्तले खोजी गरे पनि फेला पर्न […]

Continue Reading