आगलागीमा चार घर जलेर नष्ट

इनरुवा, ११ चैत (रासस) ः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । आगलागीमा चार वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको […]

Continue Reading

पहिलो र दोस्रो सन्तान छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता

विराटनगर, २३ पुस (रासस) ः विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप आज रकम प्रदान गरेको छ । महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई रु २५ हजार बैंकको अक्षय कोषमा जम्मा गरिदिएको छ । पहिलो र दोस्रो सन्तान […]

Continue Reading

विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न २५० बिगाहा जग्गा अधिग्रहण

विराटनगर, १६ पुस प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न अविलम्ब २५० बिगाहा जमीन अधिग्रहण गर्नुपर्ने बताउनुभएको छ । उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरणको २०औँं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलद्वारा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तीन हजार मिटर धावनमार्ग बनाउन विमानस्थल पश्चिततर्फको जग्गा मुआब्जा […]

Continue Reading

राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुल्नेछ ः मुख्यमन्त्री राई

विराटनगर, ८ पुस  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुलाउने भएकाले यसबाट राष्ट्रलाई फाइदा पुग्ने बताउनुभएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा आज यहाँ आयोजित राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी प्रस्तुतीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले आम नागरिकले खोजेको सुशासन र शान्ति दिन परिचयपत्रले सकारलाई टेवा पुग्ने विचार व्यक्त गर्नुभयो […]

Continue Reading

प्रहरी र डाँकाबीच गोली हानाहान, एक डाँकाको मृत्यु

इनरुवा, २४ मङ्सिर  सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हँुदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार÷पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी नायब […]

Continue Reading

पूर्वमा धानको उत्पादन १२ प्रतिशतले वृद्धि

विराटनगर, २४ मङ्सिर  पूर्व क्षेत्रको प्रदेश नंं १ मा यस वर्ष वर्षे धान १२ लाख ४१ हजार ६३९ मेट्रिक टन उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ । गएको वर्षभन्दा यस वर्ष धानको उत्पादन १२ प्रतिशतले बढेको हो भने रोपाइँ ९६.३२ प्रतिशत भएको थियो । यस प्रदेशमा तीन लाख २३ हजार १८८ हेक्टर जग्गामा […]

Continue Reading

प्रदेश नं १ मा ५४ जनाको हत्या

विराटनगर, २० मङ्सिर  सन् २०१८ को एघार महीनामा प्रदेश नं. १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ । हत्या हुनेहरूमा २०महिला, दुई बालिका, एक बालक, पाँच नवजात […]

Continue Reading

मङ्सिर महीनाभित्र प्रदेश सरकार विस्तार हुने : मुख्यमन्त्री राई

विराटनगर, १७ मङ्सिर प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यही मङ्सिर महीनाभित्रै प्रदेश सरकार विस्तार हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कामको चापको हिसाबले प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गरिने प्रस्ट पार्नुभयो । मुख्यमन्त्री राईले धेरै विभागसँगै राखेर मन्त्रालय चलाउन अप्ठ्यारो भएको हुनाले मन्त्रालय विभाजन गरी मन्त्रिपरिषद् विस्तार गर्ने […]

Continue Reading

पाथीभराको भेटी रु ५० लाख

ताप्लेजुङ, १४ मङ्सिर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिनुभयो । यस्तै सुन तथा चाँदीलगायत गरगहना […]

Continue Reading

इनरुवामा बसपार्क बनाइँदै

इटहरी, १३ मङ्सिर  सदरमुकाम भए पनि विकास निर्माणका दृष्टिकोणले पछि परेको सुनसरीको इनरुवामा निर्माण भई रहेको सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । इनरुवा नगरपालिकाले जग्गा उपलब्ध गराउनेदेखि लिएर व्यवस्थापकीय सहयोगमा निर्माण भइरहेको बसपार्क चाँडै सञ्चालनमा आउने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताउनुभयो । सङ्घीय सहरी विकास आयोजना कार्यान्वयन एकाइअन्तर्गत तराईका जिल्ला […]

Continue Reading