सांसद जयपुरी घर्तीको पहलमा अक्सिजन सहितका स्वास्थ्य सामाग्रि रोल्पा पठाइयो

Featured समाचार

काठमाडौंः नेकपा (माओवादी केन्द्र) कि नेतृ तथा सांसद जयपुरी घर्तीको पहलमा अक्सिजन सहितका २५ थान सिलिण्डर र स्वास्थ्य सामाग्रिहरु रोल्पा पठाइएको छ ।

संसदको शीक्षा तथा स्वास्थ्य समिति सभापति घर्तीको पहलमा ४० लिटरका २५ थान सिलिन्डर सहित अक्सिजन कन्सट्रेटर २ थान, बाइपाप मेसिन १ थान, एन्टिजेन्ट कीट ५०० थान, डिजिटर थर्मोमिटर २० थान, गाउन १०० थान, सेनिटाइजर ५ सय एमएलका ५ बोत्तल, सर्जिकल मास्क १ हजार थान,एन ९५ मास्क १०० थान पठाइएको हो ।

ती सामाग्रि रोल्पा जिल्ला अस्पताललाई हस्तान्तरण गरीने उनले जानकारी दिईन। स्वास्थ्य सामग्रीबाट संक्रमितको उपचारमा केहि हदसम्म भएपनि राहत पुग्ने उनको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *