अब मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनु पर्ने

Featured समाचार समाज

५,जेठ। केही वर्ष अघि मोटरसाइकल पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने अनिवार्य व्यवस्था थियो । काठमाण्डौ, पोखरा लगायतका शहरमा बाइकमा यात्रा गर्दा हेल्मेट लगाउनुपथ्र्यो । तर, पछि यो नियम हट्यो । अब फेरि सोहि नियम लागू हुने भएको छ ।

तुलनात्मक रुपमा दुइपांग्रे सवारी दुर्घटना धेरै हुने र त्यसमा पनि पछाडि बसेको मान्छेको हेड इन्जुरीले ज्यान जाने गरेकोले पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने नियम ल्याउन लागेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुइपांग्रे सवारीमा चढ्ने दुवैजानाले हेल्मेट लगाउनु पर्ने यातायात व्यवस्था ऐनमा उल्लेख गरेर यातायात व्यवस्था ऐन २,३ महिनामा स्वीकृत (पास) भएपछि करिव ६ महिना भित्रै यो नियम कार्यान्वयनमा आउने भएको छ ।
हेल्मेट पनि साधारण नभई आइएसओ स्ट्याण्डर्डको हुनुपर्ने छ । नेपाल गुणस्तर तथा नापतौल विभागले हेल्मेटको मापदण्ड तयार पारिसकेको छ।

विभागले बाहिरी मेटेरियल के को हुने, केसिङ स्टक्चर कस्तो हुने, बाहिरको आवाज शून्य क्षमता कति हुने, लक लोड, भाइजरको क्वालिटी कस्तो हुनपर्ने भन्ने कुरा मापदण्डमा उल्लेख गरेको छ। केही महिना अगाडि महानगरीय ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, उपभोक्ता अधिकार मञ्च, उद्योग वाणिज्य सघं र विज्ञहरूको छलफलमा सो मापदण्ड तयार पारिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *