अवैध इँटाभट्टाका कारण नासिँदै पाँचखालका लिच्छविकालीन सम्पदा

Featured विशेष समाचार

काभ्रेपलाञ्चोक । बषौँदेखि संरक्षण अभावमा लिच्छबिकालिन सम्पदा अलपत्र बन्दै गएका छन । सम्बन्धित निकायको बेबास्ताका ,अबैध रुपमा स्थापना भएका ईट्टाभट्टा तथा सम्पदा रहेका क्षेत्रमा डोजरको प्रयोग हुँदा जिल्लास्थित पाँचखाल नगरपालिका–७ श्रीरामपाटिका लिच्छविकालिन सम्पदा तथा भग्नाबशेष नामेट हुने अबश्थामा पुगेका हुन ।

पाँचखाल नगरपालिकाले भने यसबारे जानकारी नभएको जनाएको छ । नगरपालिकाका मेयर महेश खरेलले यसबारे नगरपालिकालाई जानकारी नभएको बताँउछन । जानकारी आएको अवश्थामा नगरपालिका सम्पदा संरक्षणमा सहयोग गर्न तयार रहेकोे दाबी गर्छन् ।स्थानीयले भने सम्बन्धित निकाय यस्तो बिषयमा संवेदनशिल नभएको र गैह्रजिम्मेवार बन्ने गरेको आरोप लगाँउछन् ।

स्थानीयले बषौँदेखि पुरातात्विक सम्पदाको भग्नाबशेषका रुपमा माटाका भाँडा, सिक्का, घैँटो तथा दरबारका कोठाहरुको जग फेला पारेका छन् । संरक्षण अभियानमा संलग्न स्थानिय भेषराज दाहालका अनुसार यो क्षेत्रमा माने राजा ९मालेकोटार० को दरबार क्षेत्र रहेको ईतिहास पाईएकाले यसबारे अनुसन्धान हुनुपर्ने बताँउछन् ।

पुरातत्वविद्ले यसअघि यस क्षेत्रमा प्रणाली (धाराको लिच्छविकालीन नाम) नारायणको मुर्ति तथा भगवतीको मुर्ति फेला परेको छन् । र, यी १ हजार ५ सय वर्ष पूराना लिच्छविकालीन सम्पदा भएको पुष्टि गरिसकेका छन् ।

तर, यस्ता सम्पदा समेत संरक्षणको अभावमा अलपत्र अवस्थामा छन्। लिच्छविकालीन धाराको संरक्षण हुन सकेको छैन भने नारायणको मन्दिर निर्माण गर्दा विभागसँग समन्वय नगरी कंक्रिटको प्रयोग गरी निर्माण गरीएको पाईएको छ । यस्ता सम्पदाको निर्माण गर्दा कंक्रिटको प्रयोग गर्न नपाउने विभागको नियम छ ।

काभ्रेपलान्चोक पुरातत्व सरक्षण अभियानका संयोजक पाँचखाल निवासी अभियन्ता तथा पत्रकार श्रीकृष्ण धिमालले विगत १४ वर्षदेखि आफ्नो जन्मभूमी पलाञ्चोक उपत्यकाको अध्यन गरिरहेका छन्, उनैले लिछविकालीन सिक्का र इट्टाहरु फेला पारेर विभागमा उत्खननका लागि निवेदन दिएका थिए ।

-अवैध ईट्टाभट्टाले भग्नाबशेष समेत मासिने खतरा
– वर्षाैं पुरानो ईतिहास नामेट हुने सम्भावना
-सम्बन्धित निकाय मौन

तत्पश्चात विभागले पुरातत्वविद् उद्धव आचार्यलाई साे क्षेत्रमा खटाएको थियो । सोमबार पहिलोपटक विभागका प्रतिनिधि सहितको टोली प्रारम्भिक अवलोकनका लागि पाँचखाल पुगेको थियो ।

अवैध इट्टा भट्टाले पुरातात्त्विक सम्पदा र वातावरण मा गम्भीर असर गरेको भन्दै पाँचखाल उपत्यका वातावरण बचाउ अभियानका अर्का अभियन्ता सूर्य बहादुर भेटुवालले तत्काल सम्पदाक्षेत्रमा डोजर आतङ्क बन्द गर्नु पर्ने माग गरेका छन् । स्थानीयले यो ऐतिहासिक महाभारतकालीन वस्ती भएको दावी गर्छन् ।

अभियानमा संलग्न अर्का स्थानीय तथा प्राध्यापक जगन्नाथ अधिकारी प्रमाणको रुपमा भेटिएका विभिन्न समयका इँटा ,दरबारको जग, पुरानीको कुवा (स्थानीय नाम) देखि प्राचीन रानीपोखरीसम्मको डेढ किलोमिटर क्षेत्रमा भेटिएको इँटा पाइप लाइन तथा सिक्काबारे उत्खनन गरी पुरातात्विक सम्पदाको संरक्षण गनुपर्ने बताँउछन् ।

यस क्रममा समेत सिक्का,इँटा,पोखरीको भग्नावशेष , दरबारका कोठाका जग, भाँडाका टुक्रा फेला परेका थिए । पुरातत्वविद् आचार्यका अनुसार अवलोकनका क्रममा देखिएका सम्पदा मध्यकालीन समयको भएको र बाँकी उत्खननबाट प्राप्त हुने प्रमाणका आधारमा भन्न सकिने बताए ।

यसका लागि जमिन भित्र के के छन् भन्ने पत्ता लगााउनका लागि जियोफिजिक्स सर्भे समेत आवश्यक पर्ने र गोल, खरानी तथा हड्डी फेला परेको अवस्थामा सोको प्रयोगशलामा परीक्षण गरी यसबारे पत्ता लगााउन सकिने जानकारी दिए ।

अवैध इँटाभट्टाले भग्नावशेष समेत मासिने खतरा

फेला परेका भग्नावशेष तथा सम्पदालाई समयमै चासो दिएर सम्पदा संरक्षण गर्न नसक्दा भएका भग्नावशेष मासिने सम्भावना बढेको छ ।

सम्पदाका भग्नावशेष रहेका क्षेत्रमा स्थापना गरिएका इँटाभट्टाका भएका प्रमाण समेत मेटिने सम्भावना छ । खेतियोग्य जमीन मासेर बनाईएका इँटाभट्टाले माटो खन्ने क्रममा डोजर प्रयोग गर्ने गरेका छन् । यसले बचेखुचेका भग्नावशेष नष्ट हुने देखिएको छ । यसबाट वर्षाैं पुरानो इतिहास नामेट हुने सम्भावना बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *