पौष १५ बाट इन्टरनेटको मूल्य बढ्दै

विशेष समाचार

पोखरा,१० पौष ।

पौष १५ देखी निजी इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको उपभोक्ता मूल्य बढाउने निर्णय गरेका छन्। हाल साउन १ गतेदेखीको आर्थिक बजेटमा इन्टरनेटमा १३ प्रतिशत सेवा शूल्क लगाउने नीति ल्याएसँगै उक्त शूल्क उपभोक्ताहरुबाट उठाउने कुरा सेवा प्रदायकहरूको छाता सङ्गठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान)ले जानकारी दिएको छ।

साउन १ गतेदेखि नै सरकारले बढाएको शुल्क उपभोक्ताबाट उठाउने र त्यसको लागि मूल्य बढाउने निर्णय गरेका उनीहरुले सरकारसँगको सम्झौतासँगै पछि हटेका थिए। तर सरकारले त्यतिबेला भएका सम्झौता पुरा नगरेकोले यही पुष १५ देखि मूलय बढाउने निर्णय गरिएको हो ।

नेपाल दूरसंचार प्राधिकरणका अनुसार गएको असोज मसान्तसम्म २४ लाख ७१ हजार फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ता छन्, जुन कूल इन्टरनेट प्रयोगकर्ताको ११ प्रतिशत मात्र हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *