कर्मचारीको पनि तलब बढ्यो, कार्यालय सहयोगीको १९ हजार ४ सय र मुख्यसचिवको ६५ हजार पुग्यो

Featured कर्मचारी बजेट विशेष

काठमाडाैँ, १५ जेठ । सरकारले कर्मचारीहरुको पनि तलव बढाएको छ । आउँदो साउन १ गतेदेखि लागू हुने गरि सरकारी कर्मचारीहरुको तलब बढेको हो ।

बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले राजपत्राङ्कित कर्मचारीको १८ प्रतिशत र राजपत्र अनाङ्कित कर्मचारीको २० प्रतिशत तलब बडाएको बताएका हुन् ।

वृद्धि भएको तलब प्रतिशतलाई आधार मान्ने हो भने अब मुख्य सचिवको तलब ६५ हजार हुनेछ । त्यस्तै सरकारी अधिकृतको तलब अब ३५ हजार ९ सय हुनेछ।  कार्यालय सहयोगीको तलब १९ हजार ४ सय ७४ हुनेछ।

कर्मचारी ऐन अनुसार हरेक दुई वर्षमा कर्मचारीको तलब सुविधा समायोजन गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि पछिल्लो तीन वर्षयता तलब सुविधा बढेको थिएन।

महंगीभत्ता र पोशाक भत्ता भने यथावत राखिएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले महंगी भत्ता २ हजार रुपैयाँ र पोशाकभत्ता ८ हजार बाट १० हजार रुपैयाँ बनाएको थियो।

त्यसैगरी, चालु आर्थिक वर्षको बजेटले सबै राष्ट्रसेवक कर्मचारीको २ लाख रुपैयाँ बराबरको बीमामा ५० प्रतिशत प्रिमियम सरकारले तिरिदिने व्यवस्था गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *