आर्थिक वर्ष २०७६/०७७ को बजेट १५ खर्ब ३२ अर्ब, कुन–कुन क्षेत्रमा कति छुट्ट्याए अर्थमन्त्री खतिवडाले ?

Featured बजेट राजनीति विशेष समाचार समाज

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय ससंदको संयुक्त बैठकमा १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँ बजेट पेश गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड र वित्तियतर्फ १ खर्ब ६७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले जनाए ।

श्रोत व्यवस्थापनतर्फ ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ । त्यसैगरी, बैदेशिक अनुदानतर्फ ५७ अर्ब ९९ करोड ५५ लाख र वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख जुटाइनेछ । आन्तरिक ऋणबाट १ खर्ब ९५ अर्ब जुटाइने अर्थमन्त्री युवराज खतिवडाले संसद्मा प्रस्तुत बजेटमा उल्लेख गरे।

शिक्षामा १ खर्ब ६३ अर्ब, स्वास्थ्यमा ६८ अर्ब ७८ करोड, पुनर्निर्माणका लागि १ खर्ब ४१ अर्ब, खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब ४६ करोड, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न ५ अर्ब एक करोड, सामाजिक सुरक्षा कार्यक्रमको लागि ६४ अर्ब ५० करोड विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । चालु आवमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब रुपैयाँ बजेट छुट्याएको थियो ।

यसैगरी, कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ३४ अर्ब ८० करोड, महिला वालिका तथा ज्येष्ठ नागरिकहरुका क्षेत्रमा ७८ करोड, सिचाईं क्षेत्रका लागि २३ अर्ब ६३ करोड, वन तथा वातावरण क्षेत्रका लागि १५ अर्ब ४९ करोड, भूमीसुधार तथा सहकारी ७ अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए ।

उर्जा क्षेत्रका लागि ८९ अर्ब ८३ करोड, यातायात पूर्वाधार क्षेत्रमा १ खर्ब ६३ अर्ब, हवाई क्षेत्रमा १५ अर्ब ८५ करोड, यातायात व्यवस्थापन शीर्षकमा १ अर्ब ५३ करोड, युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

अर्थमन्त्री खतिवडाका अनुसार पर्यटन क्षेत्रका लागि २२ अर्ब ६८ करोड रुपैयाँ, औद्योगिक पूर्वाधार विकासका लागि २ अर्ब ८७ करोड रुपैयाँ, वाणिज्य तथा आपुर्ति क्षेत्रका लागि ११ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्ष २०७५÷७६ का लागि अघिल्लो १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्षका लागि चालुतर्फ ८ खर्ब, पुँजीगतर्फ ३ खर्ब तथा वित्तियतर्फ १ खर्बसहित १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *