बालेन सचिवालयको स्पष्टीकरणको जवाफमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रेस विज्ञप्ति

Featured बागमती प्रदेश विशेष समाचार

१८ भदौ, काठमाडौं।

गत शनिवार राती काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो । चालकले सबै कुरा खुलाउदा पनि चेकिङमा रहेका प्रहरीले अनावश्यक केरकार गरेकोले वालेन ले सरकार समक्ष आफ्नो आक्रोशमा सरकार लाई चोरको सङ्घ्या दिदै पुन यस्ता कार्य दोहोरिएमा  सिंहदरबारमा आगो लगाईदिने सम्मको धम्की पुर्ण स्टाटस फेशवुकमा राखेका थिए। सो स्टाटस राखेको केहि क्षेणमै विभिन्न सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएका थिए।

यो विषयमा चर्को रुपमा समर्थन साथै आलोचना भए पश्चात आइतबार बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै चेकिङको नाममा सुरक्षाकर्मीबाट अभद्र व्यवहार भएको आरोप लगाएको थियो ।

सोमबार जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरी कुनै गुनासो भएमा तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी दिन र जथाभावी वक्तव्यबाजी नगर्न भनेको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरुलाई निरुत्साहित गर्ने गरी सामाजिक सन्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा नपुर्याउनु हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्नु/नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक विदाको दिनमा सरकारी गाडी प्रयोग गर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास बोक्नुपर्ने नियम समेत सम्झाएको छ ।

लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान रहेको भन्दै प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *