चैत्र ०५, पर्वतका सरकारी कार्यालयहरुले कोरोना भाइरस (कोविड–१९) संक्रमण रोक्न सचेतनासँगै बिभिन्न तयारी सुरु गरेका छन्।
सोहीअनुरुप कृषि ज्ञान केन्द्र, पर्वतमा कार्यालयमा आउने सेवाग्राहीहरु भित्र प्रवेश गर्दा अनिवार्यरुपमा स्यानिटाईजर वा साबुन पानीले हात सफा गरेर मात्र प्रवेश गर्न लगाईएको छ ।
कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीका अनुसार Forehead Thermometer आएपछि सेवाग्राहीको तापक्रम पनि नाप्ने व्यवस्था गर्न लागेको बताउदै कोरोना भाइरस (कोविड–१९) संक्रमणको जनचेतना र सुरक्षाको लागि आ-आफ्नो स्तरबाट सक्ने काम आफै गर्नु पर्ने भन्दै ‘यो रोग स्वास प्रस्वासबाट फैलने मात्र नभै हात मिलाउँदा, नजिकै बस्दा सर्ने हुनाले साथीभाईहरु संग भेटघाट हुँदा हात नमिलाउन, दुईमिटर टाढा नै बस्न ,मास्क लगाउन,साबुन पानीले कुहिना सम्म हात सफा गर्न पनि प्रमुख रेग्मीले आग्रह गर्नु भयो ।