Hikers Club Nepal

हाइकर्स क्लब नेपालको १३ औँ भागको हाइकिङ सम्पन्न :

Featured गण्डकी प्रदेश पर्यटन प्रदेश समाचार

हाइकर्स क्लब नेपालको १३ औं हाइकिङ सम्पन्न भएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने उदेश्यले स्थापना भएको हाइकर्स क्लब नेपालले विगत १ वर्ष देखि कास्की जिल्ला भित्रका गाउँहरु अवलोकन गर्दै हरेक महिनाको अन्तिम शनिबार हाइकिङ सन्चालन गर्दै आएको छ । यसै क्रममा कोरोना महामारी र लकडाउनका कारण स्थगन भएको हाइकिङ पुनः सन्चालन गरि निरन्तरता दिन पोखरा १७ र २१ को सिमाना दोविल्ला देखि मैदान , डाडाकाे पाेखरी भ्युटावर , जिब्रेढुङ्गा ,  ग्रामिण बस्ति हुडिकोट हुदै पोखरा ३३ भरतपोखरी कालिकास्थान सम्मको करिब ९ किलाेमिटरको यात्रा गरि हाइकिङ भाग १३ सम्पन्न गरिएको छ । हाइकिङको टोलीलाई जिब्रेढुंगा सामुदायिक होम स्टेका पदाधिकारी र आमा समूहले निर्माणाधीन सामुदायिक भवनमा उल्लासमय स्वागत गरे । होम स्टेका सचीव रनबहादुर गुरुङले होमस्टेको बारेमा जानकारी गराए ।
हाइकिङको पुर्व सन्ध्यामा गरिएको औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यले हरेक क्षेत्रमा निस्वार्थ कर्मको खाचो रहेको जोड दिनुभयो । सचेत नागरिकले राजनितिमा हस्तक्षेप गर्नु पर्ने खाचो औल्याउँदै सकारात्मक र सर्वहितका कार्यमा आफ्नो सदा साथ र सहयोग रहने बताउनु भयो । कार्यक्रममा समाजसेवी भरत रायमाझीले आन्तरिक पर्यटनलाइ बढुवा दिदै ग्रामिण पर्यटनको प्रवद्धन गर्न हाइकिङ आवस्यक रहेको बताउनु भयो । हाइकिङमा सहभागी हुन माछापुच्छ्रे बैंक लेकसाइड शाखाका म्यानेजर शैलेस रायमाझी सहितको टोली , सन्चारकर्मी , सामाजिक व्यक्तित्व , पर्यटन व्यवसायी , महिला उधमी , विधार्थी गरी करिब २ दर्जनको उपस्थिति थियो । कार्यक्रममा स्थापना देखि नै सस्थालाइ आ आफ्नो तबरबाट सहयोग पर्याउदै आउनु भएका पत्रकार मनोज घर्ति मगर , निर्माण व्यवसायी एबम समाजसेवी लिल काजि गुरुङ , लोगो डिजाइनर प्रबेश तुलाचनलाइ कल्वको तर्फबाट मायाको चिनो प्रदान गरियो । कल्बका अध्यक्ष प्रविन तुलाचनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण रानाभाट र सन्चालन क्लवका सदस्य मधु अधिकारीले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *