मैत्रीपुर्ण फुटबलमा पत्रकार ११ लाई कर्मचारी ११ ले ३ का विरुद्ध ९ गोल गर्दै विजयी

Featured कर्मचारी खेलकुद विशेष समाचार समाज

२१ भाद्र, २०७६, पर्वत, सक्षम निजामती प्रशासन : विकास, समृद्धि र सुशासन भन्ने मुल नाराका साथ मनाउन लागिएको निजामती सेवा दिवस–२०७६ को अवसरमा आयोजित कर्मचारी–११ र पत्रकार–११ बीचको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा  पत्राकार–११ लाई कर्मचारी–११ ले ३ का विरुद्ध ९ गोल गर्दै विजयी भएको छ । कुश्माको शस्सत्र प्रहरी बल भित्रको खेल मैदानमा भएको खेलमा पत्रकार विरुद्ध निकै आक्रमक देखिएको कर्मचारी-११ ले पहिलो हाफमा ५ गोल गरेको थियो भने पत्रकार-११ ले २ गोल फर्काएको थियो,  दोश्रो हाफमा पनि पत्राकार-११ विरुद्ध उत्तिकै आक्रमक देखिएको कर्मचारी-११ ले थप ४ गोल गरेको थियो भने पत्रकार-११ ले १ गोल मात्र फर्काएको थियो ।

कर्मचारी-११

कर्मचारीको तर्फबाट प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल र पत्रकारको तर्फबाट पत्रकार महासघंका अध्यक्ष छविलाल तिवारीको नेतृत्वमा मैदानमा उत्रिएको मैत्रीपुर्ण फुटबल खेल निकै रोमाञ्चक तरिकाबाट सम्पन्न भएको थियो । साथै मैत्रीपुर्ण खेलको संयोजन निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनिन(CBA)पर्वतले गरेको थियो ।

पत्रकार-११

कार्यक्रमको उद्धाघाटन समारोहमा प्रमुख जिल्ला अधिकारी कल्पना नेपाल घिमिरेले राज्यको महत्वपुर्ण स्थानमा रहेका कर्मचारी र पत्रकार वीच सुमधुर सम्बन्ध कायम राख्न यस्ता मैत्रीपुर्ण खेलले अह्म भुमिका खेल्ने कुरा व्यक्त गर्नु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *