कृषि ज्ञान केन्द्र, पर्वतमा कोरोना भाइरस संक्रमण विरुद्धको सचेतना तयारी

Featured गण्डकी प्रदेश विशेष समाचार समाज स्वास्थ्य

चैत्र ०५, पर्वतका सरकारी कार्यालयहरुले कोरोना भाइरस (कोविड–१९) संक्रमण रोक्न सचेतनासँगै बिभिन्न तयारी सुरु गरेका छन्।

कृषि ज्ञान केन्द्र, पर्वतमा आउनु भएका सेवाग्राही प्रवेश अगाडी स्यानीटाजईजरले हात सफा गर्दै

सोहीअनुरुप कृषि ज्ञान केन्द्र, पर्वतमा कार्यालयमा आउने सेवाग्राहीहरु भित्र प्रवेश गर्दा अनिवार्यरुपमा स्यानिटाईजर वा साबुन पानीले हात सफा गरेर मात्र प्रवेश गर्न लगाईएको छ ।

कृषि ज्ञान केन्द्र, पर्वतमा आउनु भएका सेवाग्राही प्रवेश अगाडी स्यानीटाजईजरले हात सफा गर्दै

कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीका अनुसार Forehead Thermometer  आएपछि सेवाग्राहीको तापक्रम पनि नाप्ने व्यवस्था गर्न लागेको बताउदै कोरोना भाइरस (कोविड–१९) संक्रमणको जनचेतना र सुरक्षाको लागि आ-आफ्नो स्तरबाट सक्ने काम आफै गर्नु पर्ने भन्दै ‘यो रोग स्वास प्रस्वासबाट फैलने मात्र नभै हात मिलाउँदा, नजिकै बस्दा सर्ने हुनाले साथीभाईहरु संग भेटघाट हुँदा हात नमिलाउन, दुईमिटर टाढा नै बस्न ,मास्क लगाउन,साबुन पानीले कुहिना सम्म हात सफा गर्न पनि प्रमुख रेग्मीले आग्रह गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *