भोलिदेखि तय भएको एसईई परीक्षा स्थगित,

Featured विशेष समाचार समाज

काठमाडौं, ५ चैत ।

काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा(एसईई) स्थगित गर्ने गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

सचिवालय बैठकपछि कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णयमा परीक्षासम्बन्धी बुँदा परिमार्जन गर्दै एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले वताएका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै बिहीबारदेखि हुने भनिएको एसइई परीक्षा स्थगित भएको जनाएका छन्।

कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले बुधवार नै विद्यालयलहरू चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो।

यसअघि पोखरेल संयोजक रहेको स्तरीय समितिले मानिसहरूको भिड हुने सिनेमा हल, पौडी पोखरी, सांस्कृतिक केन्द्र र रंगशालाहरू पनि डेढ महिनाका लागि बन्द गर्न निर्देशन दिने निर्णय गरेको थियो।

एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । यस वर्ष ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी हुन लागेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *