कृषि ज्ञान केन्द्र पर्वत ले आ.व. ७५/७६ को प्रगति ९० प्रतिशत हासिल

Featured कृषि गण्डकी प्रदेश बजेट विशेष समाचार समाज

१ श्रावण, २०७६, आर्थिक वर्ष २०७५/७६ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र, पर्वत ले केन्द्रीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये ९० प्रतिशत प्रगति हासिल गर्न सफल भएको छ । केन्द्रीय र प्रदेश सरकार बाट प्राप्त कुल बजेट रु १५ करोड ८८ लाख ६५ हजार ८० मध्ये रु १४ करोड २३ लाख ५४ लाख हजार ५ सय ७० खर्च भएको कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनु भयो । पर्वत जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्वतको तथ्याङ्क अनुसार खर्च प्रतिशतमा बढी प्रगति कृषि ज्ञान केन्द ले गरेको छ ।

प्रदेश सरकार तर्फ प्राप्त कुल १३ करोड ७७ लाख ८० मध्ये १२ करोड ६४ लाख १२ हजार ४ सय ४७ खर्च भई ९१.८० प्रतिशत प्रगति देखिएको छ भने केन्द्रीय सरकार बाट प्राप्त कुल बजेट रु २ करोड ११ लाख ६५ हजार मध्ये १ करोड ५९ लाख ४२ हजार १ सय २३ खर्च भई ७५.३२ प्रतिशत प्रगति देखिएको छ । केन्द्रीय सरकारबाट प्राप्त बजेटमा सवै रकमको फुकुवा नआउदा केही रकम फ्रिज हुन गएको प्रमुख बासुदेव रेग्मीले जानकारी गराउदै कार्यालय स्थापना ढिलो र बजेट अख्तियारी ढिलो प्राप्त हुँदा पनि ९० प्रतिशत खर्च हुनु सन्तोष जनक रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *