नयाँ संगठन संरचना विरोध गर्दे सरकारी चिकित्सकहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा घेराउ

विशेष समाचार स्वास्थ्य

काठमाण्डौ, २२ पौष ।
कर्मचारी समायोजन अध्यादेश र संघीयता अनुसारका नयाँ संगठन संरचना विरोध गर्दे सरकारी चिकित्सकहरुले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा घेराउ गरेका छन् ।
सरकारी चिकित्सक संघ नेपाल (गोदान)को अगुवाईमा घेराउ कार्यक्रममा ७० भन्दा बढी चिकित्सक सहभागी थिए ।

उनीहरुले कर्मचारी समायोजन तथा स्वास्थ्यका सांगठनिक संरचनाहरू सम्बन्धि माग पुरा नभए सम्म कुनै पनि सरकारी चिकित्सकले सरकारले निर्देश गरेको समायोजन फारम नभर्ने र कर्मचारी समायोजनको प्रकियामा भाग नलिने निर्णय समेत गरेका छन् ।
स्वास्थ्यका सांगठनिक संरचनाहरूमा चिकित्सकलाई गरिएको उपेक्षा तथा अबमुल्यनको बिरोध स्वरुप सम्पूर्ण घेराउ तथा धर्ना गरिएको गोदानका अध्यक्ष दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीलाई पटक पटक विभेदकारी तथा मनोबल गिराउने कार्य भैरहेको भन्दै शान्तिपुर्ण ध्यानाकर्षण गराईरहदा समेत सरकारले वार्ता र सहमतीको लागि कुनै कदम नचालेकाले आकस्मिक बाहेकका अन्य स्वास्थ्य सेवा छोडेर अझ कडा आन्दोलनमा होमिन बाध्य हुने चेतावनी उनीहरुले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *