दिपक मनाङ्गेको सपथ रोकियो ,

गण्डकी प्रदेश विशेष समाचार
२२ पुष २०७५, आईतवार

सघीय सांसद रेशम चौधरीले सपथ लिएसँगै गण्डकी प्रदेश सभामा विजयी सांसद  राजीव गुरुङ उर्फ दिपक मनाङगेले सपथ लिन निवेदन दिए, संसदमा । मनाङ्गेले आइतबार सपथ लिने चर्चा चुलिएको थियो  तर  २४ घण्टामै यो एकाएक साम्य भएको छ ।  मनाङगेको सपथको विषयमा सांसदहरुको मत बाझिएपछि घटनाले फरक मोड लिएको  हो । रेशमले सपथ लिदा आफुले किन नपाउने भन्दै मनाङ्गेले आफूमाथि अन्याय भएको बताएका छन् । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कानुनअनुसार मनाङ्गेलाई सपथ गराउन नमिल्ने निश्कर्ष निकालेका हुन् ।

सभामुख अधिकारीले यसअघि सपथका विषयमा छलफल गर्न परामर्श समितिको बैठक डाकेका थिए । आइतबार बसेको बैठकमा पनि सपथ गराउने–नगराउने विषयमा छलफल भएको थियो ।

मनाङेले मंसिर १२ गते बिहीबार गण्डकी प्रदेश सभामा सपथ ग्रहणको माग गर्दै निवेदन दिएका थिए ।

सर्वोच्चबाट थुनामुक्त भएपछि प्रदेश सभा सचिवालयमा गुरुङको निवेदन पुगेपछि सभामुख अधिकारीले छलफल तथा राय मागेका थिए ।

यसकारण रोकियो मनाङगेको सपथ

मनाङेलाई उच्च अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गरेको छ । उनले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेर धरौटी बुझाएकाले हाल थुनामुक्त छन् ।

मुलुकी ऐनको १९४ मा १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने सुविधा प्रयोग गर्दै राजीवले सर्वोच्चबाट थुनामुक्त हुने आदेश पाएका थिए । गएको मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट मनाङे स्वतन्त्र उम्मेदवारी दिएर तत्कालीन एमालेको समर्थनमा निर्वाचित भएका थिए । सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा मनाङ्गेको सपथबारे प्रदेश सांसदहरूले आफ्नो धारणा राख्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *