समृद्धितर्फका पाइलाहरु: सिन्डिकेड काण्ड, सुनकाण्ड, ठेकेदार पप्पुकाण्ड, निर्मला काण्ड, घरभाडा काण्ड, इन्धन काण्ड, मेलम्ची काण्ड, होलिवाइन काण्ड, चौधरी काण्ड, वाइडबदि काण्ड, १.५ अर्ब हेलिकप्टरमा कोदोबारिको सयर र मस्ती काण्ड, आदि इत्यादि…..
यसबाहेक थुप्रै सकारात्मक कामहरु पनि हुँदै होला।
बिरोध र दोष प्रणाली(system)लाई हो।
यस्तो छ देशको अवस्था; सुशासन छैन, उचित पारदर्शी सभ्य प्रणाली/SYSTEM छैन।
साथसाथै,
६७/६८ बर्ष भयो प्रजातन्त्रअझैसम्म परिपक्क हुन सकिरहेको छैन, हाम्रो प्रजातन्त्र संस्थागत हुन सकिरहेको छैन। जो जो प्रधानमन्त्री/मन्त्री/नेताहरु आउनुहुन्छ, उहाहरुकै ब्यक्तित्वकरणबाट हाम्रो प्रजातन्त्र अगाडि बदिरहेको छ। जुन बेलासम्म हामी नेपालीमा एउटा बेभेदको नियमले हामीलाई नियमन गर्न सक्दैन त्यो बेला सम्म कुनै पनि नियम,कानुन,बिधान,संविधानले देश उँबाे लाग्न सक्दैन। पहिले हामी रैथी थियौ; राजाको समयमा त्यो रैथी प्रजा भयो, प्रजातन्त्र आयो त्यो प्रजा जनता भयो, त्यो जनता अहिलेसम्म सच्चा नागरिक बन्नसकेन। हामीलाई अरुले के गर्नुपर्छ सबै थाहा हुन्छ, तर हामी आफै सच्चा नागरिकको नाताले देशका लागि के गर्नुपर्छ थाहा नहुनसक्छ, त्यसैले त्यो थाहा हुन जरुरी छ। सबै नागरिक मिलेर के गर्दा देशको भलो हुन्छ,उन्नतिप्रगति समृद्धि हुन्छ त्यसतर्फ हामी सबै एकजुट हुन जरुरी छ। हामीले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने?
Subin Serestha