पोखरा बहुमुखि क्याम्पसको ३२ औं वार्षिकोत्सव

Featured गण्डकी प्रदेश स्वास्थ्य

पोखरा, मंसिर १२
पोखरा महानगरपालिका–९ नयाँबजारमा रहेको पोखरा बहुमुखि क्याम्पसले ३२ औं वार्षिकोत्सवका अवसरमा बुधबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको क्याम्पसले बुधबार रक्तदान आयोजना गरेको थियो ।
साहित्यिक, खेलुकद, सरसफाई र रक्तदान सहितका कार्यक्रम क्याम्पसले वार्षिकोत्सव अवसरमा आयोजना गरेको छ । क्याम्पस प्रमुख शिशुकला पराजुलीका अनुसार रक्तदानमा ४५ जनाले रगत दान दिएका थिए । विद्यार्थी, प्राध्यापक र कर्मचारीले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका संयोजक सुर्यप्रसाद ढकालले ब्ल्डब्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।
उनका अनुसार सप्ताहव्यापी कार्यक्रमको साहित्यिक गतिविधि अन्तर्गत निवन्ध लेखन, कविता बाचन कार्यक्रम आयोजना गरिएको थियो । त्यस्तै खेलकुदका कार्यक्रममा छात्रा तथा छात्र भलिवल प्रतियोगिता आयोजना गरिएको थियो । साहित्यिक र खेलकुद प्रतियोगिताका उत्कृष्टलाई शुक्रबार हुने विशेष कार्यक्रममा पुरस्कृत गरिने उनले बतााईन ।
साप्ताहिक कार्यक्रम अन्तर्गत मंगलबार क्याम्पस परिसर सहित महेन्द्रपुल, चिप्लेढुंगा क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको थियो । सरसफाईमा क्याम्पसमा प्राध्यापक सहित विद्यार्थी र कर्मचारी सहभागि थिए । क्याम्पस प्रमुख पराजुलीले विद्यार्थीलाई सामाजिक कार्यक्रममा सक्रिय बनाउन यस्ता गतिविधि आवश्यक पर्ने बताईन । पोखराको बगरमा स्थापना भएको यो कलेज पछि नयाँबजारमा सारिएको थियो । व्यवस्थापन र मानविकी संकायमा स्नातकतहमा यो क्याम्पसमा अध्यापन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *