सांसदहरुलाई ९ अर्ब ९० करोड बाँडिने : हरेकको भागमा ६ करोड, अर्थमन्त्रीलाई सा‌ंसदकाे ताली

Featured बजेट विशेष समाचार समाज

काठमाण्डाै – सरकारले सांसदहरुलाई ६ करोड रुपैयाँका दरले बजेट दिएको छ ।

अहिले ४ करोड रुपैयाँ पाएका सांसदले १० करोड रुपैयाँ सम्म माग गरेका थिए । तर अर्थमन्त्री  डाक्टर युवराज खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ६ करोड रुपैयाँ विनियोजन गर्नुभएको छ ।

यो रकम कार्यविधि बनाएर खर्च गर्न पाउने बजेटमा उल्लेख छ । अर्थमन्त्रीको यो घोषणापछि सांसदहरुले गडगडाहट तालीले स्वागत गरेका छन् । हरेक सांसदलाई ६ करोडका दरले आउँदो वर्ष  ९ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *