संचार क्षेत्रमा अब्बल दुर्गा अधिकारीको भजन हे नर तिमी नारायण बन सार्वजनिक

Featured गण्डकी प्रदेश भिडियो मनोरञ्जन समाचार

संचार  क्षेत्रमा अब्बल संचारकर्मी दुर्गा अधिकारीको भजन हे नर तिमी नारायण बन बजारमा आएको छ । करिव १८ वर्षदेखि संचार क्षेत्रमा आवद्ध अधिकारीको शव्द तथा स्वरमा आध्यात्मिक भजन युटुभ मार्फत् सार्वजनिक गरिएको हो । उहाँलाई स्वरमा उहाँका पिता हरिलाल अधिकारीले साथ दिनु भएको छ । अधिकारीको परिवार आध्यात्मिक चिन्तनमा रुचि राख्दछन् । आध्यात्मिक चिन्तनले मानिसलाई सकारात्मक उर्जा दिने अनुभव रहेको बताउने अधिकारीले गित मार्फत् मानिस स्वयं भगवान्को रुप भएको हुँदा मानिसको जीवनलाई सार्थक बनाउन सन्देश दिएकी छिन् । भौतिक जिवनमा रुमलिएर देशमा रहेको व्याप्त भष्टाचारको न्यूनीकरणको लागि भजनले सन्देश दिन खोजेको छ । आम नागरिकले अन्तिम सत्य र जीवनको आनन्द बुझ्ने हो भने मात्र पनि मानिसको सुन्दरतम कृति जीवन रहेको भावमा गीत लेखिएको गायिका अधिकारीको भनाई छ । परिवारलाई मन्दिरको रुपमा लिन सकिने हो भने पारिवारीक एकता र मिलापले मानिसले जस्तो सुकै काम पनि सफलता प्राप्त गर्न सकिने अधिकारीको परिवारको अनुभव छ । लामो समयदेखि सञ्चार क्षेत्रमा आवद्ध रहेकी अधिकारीले आफ्ना माता पिताको संस्कार र आफ्नो पेशाको दौडानमा भेटिएका नागरिकहरुबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आध्यात्मिक चिन्तनको ज्ञान प्राप्त भएको बताउँछिन् । साथै गितले योग र ध्यान मार्फत् आरोग्य जीवन जिउन सकिने सन्देश समेत दिएको छ ।

 

https://www.youtube.com/watch?v=aALUTVUeMs0

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *