धम्काउदै रकम असुली गर्ने युवक पक्राउ

समाचार

लेकसाईडमा धम्काउदै रकम असुली गर्ने युवक पक्राउ

पोखरा, मंसिर २ ।
पोखराको लेकसाईडमा ब्यबशायिहरुलाई धम्काएर रकम असुली गर्दे आएका एक युवक पक्राउ परेका छन । वडा प्रहरी कार्यालय बैदाममा उनको बारेमा सुचना प्राप्त भएपछि अभिमन्यु तामाङ्ग पक्राउ परेका हुन । उनि आलेको नामबाट पनि चिनिन्छन ।
पोखराका डान्सबार, दोहोरी, तथा होटल रेष्टुराहरुमा बिभिन्न तरिकाले धम्काएर रकम असुली गर्दे आएका तामाङ्गलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई लेकसाईडको एक डान्सवार बाट नियन्त्रणमा लिईएको हो । नुवाकोट घर भएका तामाङ्गको बारेमा प्रहरीमा उजुरी पर्दे आएपनि उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । तामाङ्गलाई आबस्यक कार्वाही हुने प्रहरी स्रोतले जानकारी दिएको छ ।

source :RTI pokhara

Leave a Reply

Your email address will not be published. Required fields are marked *