ऋषिङ्ग गाउँपालिकामा ‘‘स्थानिय तह सन्चालन ’’ सम्बन्धी एकदिने अन्तरक्रिया

कर्मचारी गण्डकी प्रदेश पर्यटन समाचार

ऋषिङ्ग गाउँपालिकाको आयोजनामा ‘‘स्थानिय तह सन्चालन ’’ सम्बन्धी एकदिने अन्तरक्रिया तथा अनुभब आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश समन्वय परिषद्को तेस्रो वैठकमा छलफल भए अनुसार शिक्षा , पुर्वाधार, स्वास्थ्य, पर्यटन लगाएतका विषयहरुलाई समेटेर तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नं. ५ पिपलटारमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा तनहुँको घिरिङ गाउँपालिका , देवघाट गाउँपालिका , ऋषिङ्ग गाउँपालिका र नवलपुरको हुप्सेकोट गाउँपालिका , बौदिकाली गाउँपालिका , वुलिङ्गटार गाउँपालिका गरि ६ वटा स्थानिय तहका अध्यक्ष, उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत र स्थानिय जनप्रतिनिधिको उपस्थिति थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङ्गले स्थानिय तह आफैमा अधिकार सम्पन्न भएकाले पुर्वाधार विकास सगैं उत्पादन र रोजगारमुखी विकासलाई जोड दिनुपर्ने बताउनु भयो ।
कार्यक्रमको सहजीकरण आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेशका उपसचिब निरन भट्टराई , शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख रमाकान्त शर्मा र पर्यटन विध हरि सिंह गुरुङ्गले गर्नु भएको थियो ।
हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले आफ्नो गाउँपालिकाले विशेष गरि शिक्षा र पर्यटनलाई प्राथामिकतामा राखेर काम गरेको बताउदै कतिपय अवस्थामा काम गर्दै जदा हाम्रा नियम कानुन नै विकासका वाधक भएको अनुभव सुनाउनु भयो । त्यस्तै बौदिकाली गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाले जनप्रतिनिधि र कर्मचारीको रामो समन्वय विना विकास सम्भव नभएको बताउनु भयो । घिरिङ्ग गाउँपालिकाका अध्यक्ष रन बहादुर रानाले स्थानिय तहमा यस्ता कार्यक्रम आयोजना गरि राख्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको समापन गर्दै ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले विकास निर्माणका कार्यहरु अगाडी बढाउदा एक आपसमा जोडिएका स्थानिय तहहरुमा समन्वयको खाँचो रहेको औल्याउनु भयो । उहाँले कार्यक्रममा उपस्थित सम्पुर्णमा धन्यवादज्ञापन गर्दै आगामी दिनमा यस्तै सहकार्यको अपेक्षा गर्नुभयो ।
कार्यक्रमको स्वागत मन्तव्य ऋषिङ्ग गाउँपालिकाका उपाध्यक्ष गिनु माया थापा र संन्चालन ऋषिङ्ग गाउँपालिकाका सुचना प्रविधि अधिकृत मधु अधिकारीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *