युनाईटेड क्लवद्धारा विभिन्न ब्याक्तिहरु सम्मानित

Featured समाचार
गिता राना मगर, पोखरा १ फागुन ।
सामाजिक क्षेत्रमा अग्रणी रहेको पोखराको युनाईटेड क्लवले विभिन्न ब्याक्तिहरुलाई सम्मान गरेको छ । क्लवले आफ्नो संस्थामा आवद्ध पदाधिकारी, कार्यसमिति सदस्य, तथा क्लवमा आवद्ध आजीवन तथा साधारण सदस्य र सल्लाहकारहरु विभिन्न निकायमा नियुक्ती भएका वा निर्वाचित भएकोमा सम्मान गरेको हो । क्लवले आफ्नो क्लवका सल्लाहकार जुद्ध बहादुर गुरुब हालै राष्ट्रिय प्रकृति श्रोत तथा वित्त आयोगको सदस्यमा नियुक्ति भएकोमा वधाइ तथा सम्मान गरेको
हो । त्यसैगरी क्लवका आजीवन सदस्य सञ्जीव वहादुर कोइराला उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्षमा निर्वाचित भएको, सल्लाहकार सम्मर बहादुर श्रेष्ठ फेवा वहुउद्देश्यीय
सहकारी संस्थाको उपाध्यक्ष पदमा निर्वाचित भएको र क्लवकै सल्लाहकार पवित्रादेवी गुरुब,आजीवन सदस्य भरत केसी र हर्क बहादुर अधिकारी (मिराज) पोखरा उद्योग वाणिज्य संघको हालै
सम्पन्न अधिवेशनबाट सदस्य तथा कर्पोरेट सदस्यमा निर्वाचित भएकोमा वधाइ सहित सम्मान गरेको
हो । त्यसैगरी क्लवका कार्यसमिति सदस्यहरु पूर्ण कुमार श्रेष्ठ युवा चेम्बर अफ कमर्श पोखराको अध्यक्ष र नविन श्रेष्ठ युवा चेम्बर अफ कमर्श पोखराको सचिवमा निर्वाचित भएकोमा वधाइ तथा
सम्मान ब्यक्त गरेको छ । क्लवकै कार्यसमिति सदस्य जयराम आचार्य माछापुच्छ«े टोल विकास संस्थाको अध्यक्षमा निर्वाचित भएको, क्लवका आजीवन सदस्य शुसिला श्रेष्ठ माछापुच्छ«े टोल बिकास संस्थाको सह सचिवमा निर्वाचित भएको, क्लवका कार्यसमिति सदस्य सन्तोष कार्की क्षेत्री समाज
पोखरा महानगर युवा कमिटिको अध्यक्षमा निर्वाचित भएको र कार्यसमिति सदस्य चन्द्रा कुमारी पराजुली जिल्ला सहकारी संघ कास्कीको महिला सदस्यमा निर्वाचित भइकोमा बधाइ तथा सम्मान
गरिएको हो । क्लवकै कार्यसमिति सदस्य दिवानी सुवेदी अमरसिंह महिला समुहको सचिवमा निर्वाचित भएको र क्लवका आजिवन सदस्यहरु दुर्गा पौडेल अमरसिंह महिला समुहको अध्यक्ष, सुलोचना थापा
अमरसिंह महिला समुहको उपाध्यक्ष, कोषाध्यक्षमा कृष्णकुमारी कार्की, सहसचिवमा गिता केसी र सदस्यहरुमा सावित्री थापा, कमला थापा बस्नेत र ज्ञानु अधिकारी निर्वाचित भएकोमा बधाइ तथा
सम्मान गरिएको हो ।त्यसैगरी क्लवका आजीवन सदस्य फोटो ग्राफर संघ कास्कीका महिला समिति संयोजक शान्ति सुवेदी, पोखरा इलेक्ट्रिकल एशोसिएसन का वरिष्ठ उपाध्यक्ष ऋषिराज वराल र द्धितिय उपाध्यक्ष
शिशिर मिश्र निर्वाचित भएकोमा बधाइ तथा सम्मान गरेको हो । त्यस्तै क्लवका मिडिया कोअर्डिनेटर गिता राना मगर गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टको स्वकीय सचिव चयन
भएकोमा सम्मान तथा बधाइ ज्ञापन गरेको छ । सम्मान समारोहमा वोल्दै गण्डकी प्रदेश सभा सदस्य माननीय मन बहादुर गुरुबले युनाईटेड
क्लवका सम्पूर्ण सदस्यहरुको महत्वपूर्ण योगदान र एकजुट हुने भावनाकै कारण युनाईटेड क्लव छोटो समयमै नमुना क्लव हुन पुगेको वताए । महोत्सवको आयोजना गरी चिडियाखाना
निर्माण गर्ने अठोटका साथ विभिन्न सामाजिक क्षेत्रमा पु¥याएको योगदानका कारण युनाईटेड क्लव नमुना क्लव बनेको उनको भनाइ रहेको थियो । सवैजनाको एकमन भए
केही सफल कार्यहरु गर्न सक्ने उदाहरणीय संस्था युनाईटेड क्लवबाट अन्य सामाजिक संघ संस्थाहरुले यसको अनुसरण गर्न सके राम्रो हुने उनको भनाइ रहेको थियो ।
सो अवसरमा वोल्दै राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका सदस्य जुद्ध बहादुर गुरुबले युनाईटेड क्लव संगको सहकार्य निकै लामो भएको र युनाईटेड क्लवले चालेको खुल्ला
अवधारणाको चिडियाखाना निर्माणमा आफ्नो तर्फबाट पहलकदमी थाल्ने वताए । युनाईटेड क्लवको पहलमा लेखनाथको सामुदायिक बनहरुमा निर्माणाधिन अवस्थामा रहेको
पोखरा जुलोजिकल पार्क निर्माणमा उत्पन्न भएको समस्या समाधानका लागी आफ्नो निकायबाट पहलकदमी छिटो भन्दा छिटो थाल्ने उनको भनाइ रहेको थियो ।
सो अवसरमा वोल्दै उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव वहादुर कोइरालाले युनाइटेड क्लवको सम्मान कार्यक्रमले सामाजिक क्षेत्रमा लागेकाहरुलाई
आफ्नो काममा लाग्न थप उत्साह थप्ने काम भएको वताए । कोइरालाले युवाहरुलाई सम्मिलित गरेर महोत्सवको आयोजना गरी विभिन्न प्रकारका सामाजिक काम गर्दै गइरहदा
युनाईटेड क्लव पोखरामा मात्र नभइ गण्डकी प्रदेशकै उत्कृष्ट र एकमात्र सरकारी निकाय पछि काम गर्ने पहिलो सामाजिक संस्था भएको वताए ।
पोखरा उद्योग वाणिज्य संघकी नवनिर्वाचित सदस्य पवित्रादेवी गुरुबले युनाईटेड क्लवको सामाजिक काममा आफ्नो संधै साथ रहने प्रतिवद्धता ब्यक्त गरिन । त्यस्तै क्लवका निवर्तमान
अध्यक्ष लालकाजी गुरुबले सामाजिक काम गर्दै आइरहेको युनाईटेड क्लवले निकट भविष्यमा शिक्षा नपाएका वालवालिकालाई लक्षित गरी क्लवले निकट भविष्यमानै छात्रावासको ब्यवस्था गरी
शिक्षाबाट वञ्चित वालवालिकाहरुलाई शिक्षा दिने लक्ष्यका साथ युनाईटेड क्लव अगाडि वढिरहेको वताए । क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष
लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *