लकडाउनको अवधिमा समस्या परे सम्पर्क गर्नुहोस-सांसद गिरी

Featured गण्डकी प्रदेश राजनीति विशेष समाचार समाज

पर्वत, चैत्र २६ । प्रतिनिधि सभाका संघिय सांसद पदम गिरीले कोरोना भाइरस (कोभिड–१९)को कारण सरकार द्धारा घोषणा गरिएको लकडाउनमा सुरक्षित रहन र कुनै समस्या परे आफुलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ । सांसद गिरीले रेडियो पञ्चासेको एक कार्यक्रममा कुराकानी गर्दै यस्तो बताउनुभएको हो । जिल्लावासी सम्पूर्ण नागरिकलाई कोरोनाको संक्रमणबाट जोगिन सावधानी अपनाउन आग्रह गदै कुनै समस्या वा सहयोग आवश्यक परे आफुलाई सम्पर्क गर्न उहाँले जिल्लाको लोकप्रिय एफएम पञ्चासे बाट सबैलाई अनुरोध गर्नुभयो । लकडाउनको अवधिमा समस्या वा सहयोग आवश्यक परे तत्कालै मो.९८५१०३५०८८ नम्वरमा सम्पर्क गर्न गिरीले आग्रह गर्नुभएको छ ।

सरकारले कोरना भाईरस ‘कोभिड–१९ फैलिन नदिनको लागि समयमै कदम चालेको कारण नेपालमा महामारी फैलिन नपाएको स्मरण गर्दै लकडाउनको सबैले पालना गर्न उहाँको आग्रह छ । पछिल्लो समय जनजिवन कष्टकर बन्दै गएपनि महामारीबाट बच्ने एक मात्र उपाए लकडाउन नै भएको मंगलबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनबाट पनि प्रष्ट भईसकेको अबगत गराउनुभयो । उहाँले जिल्लाबासी सम्पुर्ण आमा बुवा दाजुभाई तथा दिदि बहिनीहरुमा धैर्यताका साथ बसिदिनुहुन बिनम्र अनुरोध गर्दै यस्तो महामारी फैलिन नदिन आफुले जिल्ला प्रशासन कार्यलय तथा बिभिन्न स्थानिय तहका प्रमुखहरुसंग समबन्यको भुमिकामा काम गरीरहेको जानकारी दिनुभयो ।

यो बिपतको घडिमा जिल्ला स्थित बिभिन्न स्थानिय तहहरुमा संकलित राहातका सामाग्रीहरु बास्तबिक बिपन्न तथा गरिब दिन दुखिहरुको घरघरमा प¥र्याउन निर्दशन दिदै दुखमा कसैलाई नआत्तिन आग्रह गर्नुभयो । उहाँले सरकारले पनि बिपन्न तथा गरीबहरुको लागि बिभिन्न राहातका कार्यक्रमहरु ल्याएको भन्दै सबैलाई धैर्य गर्न आग्रह गर्नुभयो । जिल्लामा सञ्चालित अस्थायी कोरना अस्पतालको बारेमा बिभिन्न ईक्युपमेन्टको अभाब रहेको र त्यसमा तपाईको पहल के भईरहेको छ भन्ने हाम्रो प्रश्नमा उहाँले त्यसको समस्या तुरुन्तै हल हुने जानकारी दिनुभयो । प्रदेश सरकार तथा स्थानीय सरकारसंग आफुले त्यस बिषयमा गृहकार्य गरीसकेको जानकारी दिदै कोही पनि बिरामी उपचार गराउनबाट बञ्चीत नहुने प्रष्ट पार्नुभयो ।

यो विषम परिस्थीतीमा आफु जिल्ला बासीको साथमै रहेको र विभिन्न सचेतना मुलक कार्यक्रममा सहभागी भई कोरोना नियन्त्रणमा सहयोग पु¥याएको उहाँको दावी छ । उहाँले बारम्बार जिल्लाबासीलाई आफुले बिभिन्न माध्यमबाट समेत सचेत गराउँदै आएको स्मरण गर्दै महामरीको घडिमा सवै जिम्मेवार भएर लाग्नुपर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *