नेपाल एम्बुलेन्स सेवा १०२ र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी बीच सम्झौता

Featured समाचार स्वास्थ्य

काठमाडौं, २४ चैत २०७६ — कोराना भाइरसको महामारीले विश्वलाई आतङ्कित बनाइरहेको अवस्थामा नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाका लागि साझेदारी भएको छ । उक्त साझेदारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको सहितको उपस्थितिमा भएको हो ।
सीसीएमसीका संयोजक सचिव श्री लक्ष्मण अर्याल र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष श्री रञ्जीत आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा.श्री गुणराज लोहनी र का.म.पा.का प्रशासन विभाग प्रमुख श्री नमराज ढकालले पनि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यो सम्झौता पश्चात नासले कोभिड १९ का बिरामीहरु उपत्यकाभित्र ओसारपसार गर्ने तथा डेडिकेटेड एम्बुलेन्स सेवा प्रदान गरेर नेपाल सरकारलाई सहयोग पुर्याउनेछ । यस कार्यका लागि सबै सुविधा सहितका नासका ५ वटा एम्बुलेन्स संचालन गरिनेछ जसमा इमर्जेन्सी मेडिकल टेक्निसियन, अन्य आवश्यक उपकरणहरु र स्वास्थ्यकर्मी र चालकलाई आवश्यक पर्ने पीपीई पनि उपलब्ध हुनेछ । साथै कोभिड १९ सम्बन्धि बिरामीहरुको ओसारपसार सम्बन्धि अनुरोधहरु सबै निकायहरुले हाल संचालनमा भएको १०२ नम्बरमा रिडाइरेक्ट गर्नेछन् ।
नासका अध्यक्ष रञ्जीत आचार्यले भन्नुभयो, “ विश्वभरि फैलिरहेको कोराना भाइरसको महामारीले सबैलाई त्रसित बनाएको छ । यस्तो विपदको घडिमा नेपाल सरकारलाई सहयोग गर्न पाउँदा नेपाल एम्बुलेन्स सेवा आभारी छौं । नासले यसैपनि कोभिड१९ को पुर्व तयारी गरेर स्वास्थ्यकर्मीलाई आवश्यक कोभिड१९ सम्बन्धित तालिम दिई सेवा पुर्याइ नै रहेको थियो, अब झन आधिकारिकता प्राप्त भयो । जस्तो सुकै विपदमा पनि आकस्मिक सेवा सहितको २४ सैतै घण्टा सेवा प्रदान गर्दै आइरहेको र यो कोभिड १९ रोकथाम र यस सम्बन्धि विरामीहरुको सेवाका लागि हामी नेपाल सरकारलाई सहयोग गरि सहकार्य गर्न सदैव तयार छौं ।”

नेपाल एम्बुलेन्स सेवाले सन् २०१० मा संचालनमा आएदेखि हालसम्म ५०,००० भन्दा बढि बिरामीहरुलाई सेवा पु¥याइसकेको छ भने ५५ वटा भन्दा बढि शिशुको जन्म एम्बुलेन्समै स्वास्थ्यकर्मीले सुरक्षित डेलिभरी गराएका छन् ।

नेपाल एम्बुलेन्स सेवा (नास) का बारेमा
नेपाल एम्बुलेन्स सेवा (नास) गैर नाफा मुलक संस्था हो, जसले हस्पिटल पुग्नु पुर्व बिरामीलाई आकस्मिक उपचार प्रदान गर्दै आईरहेको छ । नासले २४ सै घण्टा आकस्मिक उपचारका लागि तिन अंक रहेको १०२ टोल फ्रि नम्बर संचालन गरिरहेको छ जसले सिधै ल्ब्क् ऋबिि ऋभलतभच मा सूचना प्राप्त हुन्छ र नजिकमा रहेका एम्बुलेन्सलाई भीएचएफ रेडियोद्धारा तत्काल परिचालन गर्दछ । अत्याधुनिक उपकरण , अत्याधुनिक उपचार बिधि र तालिम प्राप्त आकस्मिक सेवा स्वास्थ्यकर्मी साथमा उपलब्ध भएकोले गर्दा हस्पिटल पुग्नु भन्दा पहिला नै एम्बुलेन्स भित्र अत्यावश्यक चिकित्सा सेवा प्रदान गरिन्छ । नासको लक्ष्य भनेको बिरामीहरुका लागि आकस्मिक स्वास्थ्यकर्मी सहितको द्रूत एम्बुलेन्सहरु, उपचारको सुनिश्चितता गर्नका लागि पूर्ण सुविधा र आवश्यक अस्पतालहरु बिच समन्वय सेवा परिचालन गर्नु हो । नासका आकस्मिक मेडिकल प्राविधिकहरुलाई अमेरिकाको स्ट्याण्डफोर्ड यूनिभर्सिटी स्कूल अफ मेडिसिनका विज्ञहरुद्धारा तालिम प्रदान गरिएको छ ।
२०१० मा नासले विभिन्न दाताहरू बृहत इन्भेस्टमेन्ट (ओम राजभण्डारी), गोल्छा अर्गनाइजेशन (शेखर गोल्छा), पवन अग्रवाल( धनगढी, किष्ट बैंक हाल प्रभु बैंक र अन्नपूर्ण ट्राभल्स वेष्टर्न युनियनबाट १–१ थान एम्बुलेन्स प्राप्त गरि सेवा.शुभारम्भ गरेकाले.थियो । अहिले १० वटा एम्बुलेन्स काठमान्डौ उपत्यका लगायत चितवन, बुटवल र पोखरामा सन्चालन गरिरहेकोमा निकट भविष्यमा संस्थाले देशका.७ वटै प्रदेशमा सेवा संचालन गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *