धनगढीमा अलपत्र परेका यात्रुकालागि ‘आश्रय अड्डा’

Featured विशेष समाचार

धनगढी: धनगढीमा बोलन्या थलीले मंगलबारदेखि अलपत्र परेका यात्रुहरुलाई निःशुल्क खाना र आश्रयको व्यवस्था गर्ने भएको छ। ‘भात खाऔं रात कटाऔं– कोरोनाबाट बचौं र बचाऔं भन्ने उदेश्यका साथ धनगढीको चटकपुरमा उक्त अभियान संचालन गर्ने संयोजक यादव जाशीले बताए।

उक्त आश्रय स्थलमा ‘वाइफाइवाइ, सेनिटाइजर र मास्कको व्यवस्थासहित आइसोलेसनमा राखिने छ’ उनले भने, ‘त्यहाँ शाहाकारी भोजन खुवाउने छौ।’

उक्त अभियानका लागि ग्यास र खाद्यान्न सुन्दर सुदूरपश्चिमका अभियन्ता र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य गोपाल हमालले उपलब्ध गराएका छन्। त्यस्तै युवा मदन भट्टले घर र भायोनेटका अशोक खातीले वाइफाइ उपलब्ध गराएको बोलन्या थलीका संयोजक जोशीले बताए।

बोलन्या थलीले पश्चिम सेती जलविद्युत आयोजना निमार्णका लागि विभिन्न दवावमुलक अभियान संचालन गर्दै आएको छ।

source :dineshkhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *