पोखराका जवरजस्तीकरणी उद्योग गर्ने एक जना पक्राउ

विशेष समाचार

पोखरा, २२ पुस

कास्की प्रहरीले जवरजस्तीकरणी उद्योग गरेको आरोपमा एक जना भारतीय नागरीकलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका १७ निर्माणाधिन घरमा ज्यामी काम गर्ने एक महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा भारत घर भई हाल पोखरा ८ सृजनाचोक बस्ने वर्ष २५ को जाफुरलाल हुसेनलाई पक्राउ गरेको हो ।

पोखरा १७ सांग्रिलामार्ग बसी सोही घरमा ज्यामी काम गर्ने १७ वर्षिया एक युवतीलाई जवरजस्तीकरणीको उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश ४ प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले जानकारी दिए ।

source:ganthan

Leave a Reply

Your email address will not be published. Required fields are marked *