कोरोना भाइरसबाट बच्न र बचाउँनका लागि युवा युवा स्वयमसेवक परिचालन हुने

Featured विशेष समाचार

२७ चैत, काठमाडौं

देश अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) को संभावित संक्रमणबाट बँच्न र बँचाउन लागिपरेको छ । जनताको स्वास्थ्य सम्बेदनशिलतालाई मध्यनजर राख्दै नेपाल सरकारले यसका लागि आफ्ना संपूर्ण साधन र स्रोतको व्यापक परिचालनका साथ अघि बढिरहेको छ । यस्तो जटिल एवं विषम परिस्थितिजन्य राष्ट्रिय अभियानमा सरकारलाई सहयोग गर्नु राज्यका हरेक निकाय तथा नागरिक समाजको दायित्व हुन्छ । युवा वर्ग देशको सबैभन्दा सक्रिय¸ उर्जाशील र गतिशिल जनशक्ति हो । अत: राज्यले ठूलो अपेक्षाका साथ हेरेको युवा वर्गले यस विपत्तिको बेलामा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नु हामी सबैको कर्तव्य पनि हो । 

राष्ट्रिय युवा परिषद् अन्तर्गतका जिल्ला युवा समितिका अध्यक्षहरु तथा परिषद् मागहत गठित विभिन्न ६ वटा युवा सञ्जालहरुको भिडियो कन्फ्रेन्स मार्फत् बसेको संयुक्त बैठकको निर्णय तथा कोरोनाको संभावित जोखिमबाट जनमानसमा सिर्जित विविध खालका समस्याको समाधानका लागि राज्यका विभिन्न निकायहरुसँग निकटमा रही आवश्यक समन्वय र सहकार्य गर्दै स्वयमसेवकीय रुपमा युवा परिचालन गर्नुपर्ने दायित्वबोध गर्दै यस घडिमा राष्ट्रिय युवा परिषद् र अन्तर्गतका युवा सञ्जालहरु र यसमा आवद्ध देशभरिका युवा वर्गको भूमिका कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा साझा धारणाकासाथ यो अपील जारी गरेको कुरा जागृति बाल तथा युवा सरोकार नेपालका तथा परिषदमा आबद्ध सामाजिक संस्था सञ्जालको अध्यक्ष तिलोत्तम पौडेलले बताउनु भयो। चालु .. युवा परिचालन वर्ष समेत भएको सन्दर्भमा यसमा उल्लेखित कार्यमा सहयोग र सहजीकरण गरी स्वयमसेवकीय भूमिका निर्वाह गर्न परिषद्  र यस अन्तर्गतका जिल्ला युवा समितिका अध्यक्षहरु र युवाक्लब सञ्जाल लगायत अन्य सबै सञ्जालका सदस्यहरु तथा सरोकारवाला संपूर्ण युवावर्गमा निम्न बमोजिमका स्वयमसेवकीय कार्यहरु गरी कोरोना नियन्त्रणको अभियानमा सहयोग गर्नुहुन हार्दिक अपील गरेका छन् राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख डा.बाबुराम ढुङ्गाना, सूचना अधिकारी धुब्रराज पौडेलको समेत उपस्थितिमा सम्पन्न बैठकले नेपाल सरकार नागरिकहरुबाट हालसम्म गरेका पहल कदमीलाई स्वागत गर्दै यस विपतको घडीमा सबैलाई आफ्नो तर्फबाट लाग्न अपिल समेत गरेको

 

युवा स्वयमसेवकहरुलाई युवा परिषदको अनुरोध:

    1. सर्वप्रथम युवा स्वयं सचेत¸ शतर्क र सुरक्षित रुपमा बस्ने । यसका लागि विश्व स्वास्थ्य संगठन तथा आधिकारिक स्वास्थ्य संस्थाहरुबाट जारी सूचना र निर्देशनको पालना गर्ने र अरुलाई पनि गर्न लगाऔं ।

 

  • विश्वस्वास्थ्य संगठनको वेभसाइटमा गइ यस संगठनले अनलाइन मार्फत उपलव्ध गराएको Coronavirus disease 2019/Online training तालीम लिऔँ । यो रोगबाट बच्न र बचाउने सीप तथा ज्ञान प्राप्त गरी तालीमको प्रमाण-पत्र प्राप्त गरौँ ।

 

  1. हरेक युवाले सकारात्मक सोच र सेवाभावको विकास गर्ने । समस्याबाट डराउने¸ आत्तिने वा हतोत्साही बन्ने होइन कि धैर्यता र होशियारीपूर्वक आफ्ना दिनचर्यालाई अघि बढाऔं । 
  2. प्रदेश १ देखि सुदुरपश्चिम प्रदेश सम्मका जिल्लाहरूमा कोभीड१९ को प्रभाव रोकथामका लागि गरेका प्रयास पछि उत्पन्न परिवेश जिल्ला जिल्लामा फरक  पाइकोले फरक समस्याको समाधान संघीय सरकार र सम्बन्धित प्रदेश तथा स्थानीय सरकारको नीति भित्र रही खोजौं।
  3. कोभिड१९ को प्रभावबाट जोगिनका लागि स्वास्थ्यकर्मीहरूद्वारा जारी गरिएको स्वास्थ्य सम्बन्धी सर्वस्वीकार्य उपायको पालना गर्ने र सर्वसाधारणलाई यसको पूर्ण पालना गर्न अनुरोध गरौं ।
  4. कोभिड१९ को संक्रमणबाट आम नागरिकलाई बचाउन नेपाल सरकारले आआफ्नो घर बसी सुरक्षित रहन गरेको आव्हान सहितको लकडाउन र प्रदेश, जिल्ला र स्थानीय तहमा समेत आवागमन बन्द गर्न गरेको निर्णयलाई  पूर्ण पालना गराउन स्थानीय तह र सुरक्षाकर्मीलाई सहयोग पुग्ने गरी आमनागरिकलाई अनुरोध गरौं ।
  5. लकडाउनका अवधिमा दैनिक उपभोग्य वस्तुको आपूर्ति नियमित गर्ने कार्यमा सरकारी, सहकारी तथा निजी क्षेत्रलाई सघाऔं  ।
  6.  विपन्न परिवारका सदस्यलाई वितरण गरिने राहतका सामग्री समन्यायिक सिद्धान्तका आधारमा स्थानीय सरकार मार्फत वितरण गर्ने गराउऔं ।
  7. हालै विदेशबाट आएका व्यक्तिहरूको पहिचान गरी स्वास्थ्य जाँच गर्न सघाउने र ती व्यक्तिहरूको विवरण स्थानीय तहलाई उपलव्ध गराऔं ।
  8. विरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने कार्यमा सघाऔं ।
  9. स्थानीय तथा प्रदेश तहलाई स्तरीय क्वारेन्टाइन बनाउन सघाऔं ।
  10.  माथि उल्लेखित कार्यमा सहभागी हुन आआफ्नो सिमाना भित्रका युवा वा युवासँग सम्बन्धित संघ संस्थाहरूलाई सावधानी अपनाउँदै क्रियाशील रहन प्रेरित गरौं ।
  11. विश्वव्यापी रुपमा फैलिरहेको महामारी विरुद्ध सर्वसाधारणलाई बचाँउन अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरकारका प्रतिनिधिहरूलाई सम्मान गर्ने र उनीहरूलाई काममा बाधा पुग्ने वा सम्मानमा चोट पुग्ने अवस्थाबाट जोगाऔं ।
  12. सङ्कटको यस घडीमा दुर्नियत राखी सामाजिक सञ्जाल तथा आमसञ्चारका माध्यम दुरूपयोग गरी कसैले भ्रम तथा अफवाह फैलाएको रहेछ भने तत्काल खण्डन गरी स्रोत खुल्ने गरी सही र तथ्यगत सूचना सम्प्रेषण गरौं र तथ्य प्रमाण सहित जिल्ला प्रशासन कार्यालय उजुरी गरौं ।
  13. फुर्सदको समयमा अध्ययन, लेखन, करेसावारी सफाइ तथा अन्य यस्तै जमघट नगरिकन सम्पन्न गर्न सकिने खालका कामहरु जस्तै राम्रा र सन्देशमूलक किताब पढ्ने¸ लेख रचना गर्ने¸ योगा गर्ने¸ घर वरिपरि करेसावारीको सरसफाइ गर्ने¸ छरछिमेकीहरुलाई समेत सरसफाइ गर्न प्रेरित गर्ने र फोहरमैलाको उचित विसर्जनमा सहयोग गरौं र उत्पादनमूलक वा नवप्रवर्तनात्मक काममा आफू सरिक भई अरुलाई पनि यस्तै काममा लाग्न प्रेरित गरौं ।
  14. विषम परिस्थितिबाट पाठ सिकेर यस महामारीबाट हुने/भएको क्षतिलाई सम्बोधन गर्दै दिगो विकासका लागि स्थानीय तथा प्रदेश तहले आगामी वर्षका लागि बनाउने बजेट तथा कार्यक्रम निर्माणमा सघाऔं ।
  15. विशेषत: स्वास्थ्यकर्मी र सुरक्षा निकायहरुसंग निकट संपर्कमा रही आवश्यक समन्वय र सहकार्यमा सरकारको निर्देशनको पालना गर्ने गराउने काममा स्वयमसेवकीय भूमिका निर्वाह गरौं ।  
  16.  बैदेशिक रोजगारबाट फर्केका व्यक्तिको लगत संकलन¸ स्क्रिनिङ् र आवश्यकतानुसार क्वारेन्टाइन वा आइसोलेशनमा पठाउनुपर्दाको समयमा उनीहरुलाई आवश्यक परामर्श गरौं र यस कार्यका लागि स्थानीय सरकार वा समुदायलाई आवश्यक समन्वय सहयोग गरौं । 
  17. समाजमा बालगृह सुधार गृह¸ पुनस्थापना केन्द्र तथा वृद्धाश्रम हरुमा रहेका अपाङ्ग¸ असहाय¸ मानसिक समस्या भएका / दीर्घरोगी वा जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिहरुलाई विशेष हेरचाह र सेवाका लागि विशेष सहयोग गरी मानवीयता देखाऔं  । यस्ता वर्गलाई सहयोग गर्ने दाता वा सहयोगीहरुलाई थप उत्प्रेरित र प्रोत्साहित गरौं ।
  18. आ-आफ्नो घर¸ टोल वा सार्वजनिक स्थलहरुमा अनिवार्य रुपमा साबुन पानीको व्यवस्था गर्ने र सबैलाई हात धुने तरिका तथा सेनिटाइजरको प्रयोग सम्बन्धमा जानकारी दिऔं  ।
  19.  सार्वजनिक स्थलहरुमा भिडभाड गर्न नदिने र खाद्यान्न भण्डार तथा औषधी पसलहरुमा एकैचोटी ग्राहकहरुको ठुलो भिड हुन नदिई पालो वा कुपन प्रथाबाट पालैपालो सेवा दिने वातावरण निर्माणका लागि सहजीकरण गरौं । 
  20. युवा उद्यमीहरुबाट उत्पादित दैनिक उपभोग्य कृषिजन्य उत्पादनलाई सहज आपूर्ति तथा होम डेलिभरी गर्नका लागि युवा उद्यमीहरुलाई आवश्यक सहयोग गरौं । यसका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरणहरु जस्तै Personal Protection Equipment – PPE¸  मास्क¸ पञ्जा¸ गाउन आदिको व्यवस्थापनमा सहयोग गरौं ।
  21. अत्यावश्यक सेवा प्रवाह गर्ने व्यक्ति¸ निकाय वा युवा उद्यमीका लागि सवारी पास उपलब्ध गराउन पहल गरौं ।
  22. सिमा नाकाबाट नेपाल छिरेका वा आउँदै गरेका नेपाली नागरिकहरुको ब्यवस्थापनका लागि स्थानीय¸ प्रदेश र संघीय सरकार तथा सुरक्षाकर्मी हरुसँगको समन्वयमा आवश्यक सहयोग गरौं ।
  23.  वडा¸ गाउँ/नगर¸ प्रदेश र संघीय स्तरमा गठित युवाक्लब सञ्जालमा आवद्ध युवाहरुले आ-आफ्नो क्षेत्रमा सम्बन्धित  सरकारसँग समन्वय गरी स्वयमसेवकीय भुमिका निर्वाह गरौं ।
  24.  गाउँ/टोलमा कुनै विरामी परेको भए निजलाई छिटो भन्दा छिटो नजिकको अस्पताल वा स्वास्थ्य चौकीमा लान सहयोग गरौं । सबै विरामी वा लक्षणलाई कोरोनासँग नजोडौं । यस बारेमा जनसमुदायलाई सचेत बनाऔं । यदि तत्काल समस्या परेमा नजिकको प्रहरी चौकी¸ वडा कार्यालय तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुसंग संपर्क तथा समन्वय गरौं ।
  25. यस्तो विपदको घडीमा अहोरात्र खट्ने स्वास्थ्यकर्मी सुरक्षाकर्मी राष्ट्रसेवक कर्मचारी जनप्रतिनिधि समाजसेवी एम्बुलेन्स चालक आदिलाई काम गर्ने उचित वातावरण निर्माण गरौं र निजहरुलाई उचित सम्मान गरौं ।
  26.  मानवीय कार्यमा सहयोग गर्ने सामाजिक संघसंस्था र विकास साझेदार संस्थाहरुले सम्बन्धित स्थानीय तहसंग समन्वय गरी आवश्यक योगदान पुर्याऔं ।
  27. दैनिक उपभोग्य बस्तु उत्पादन तथा प्रशोधन गर्ने घरेलु उद्योग तथा अन्य ग्रामीण परंपरागत लघु उद्यमीहरुलाई आवश्यक सहयोग गरी आपूर्ति व्यवस्थालाई सहज बनाउन लागौं । 
  28. समाजको एक जिम्मेवार नागरिक बनौं । यस राष्ट्रिय विपत्तिबाट आँफू बचौं र अरुलाई पनि बचाऔं । धन्यवाद । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *