रबि लामिछाने र निकिता पौडेल बिच बिवाह सम्पन्न !

Featured विशेष समाज

लोकप्रिय सञ्चारकर्मी रवी लामिछाने शुक्रबार परम्परागत रुपमा वैवाहिक बन्धनमा बाँधिएका छन् । केही महिना अघि कानुनी विवाह गरिसकेका उनीहरुले आज परम्परागत रुपमा बिहे गरेका हुन् ।न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार रवी लामिछानेले चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत रहेकी निकिता पौडेलसँग वैवाहिक बन्धनमा बाँधिने मिति केही दिन अगाडी नै सार्वजनिक भईसकेको थियो ।केहि समय अघिनै काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गराईसके का उनीहरुले आज परम्प रागत रुपमा वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

उनले आज शुक्रबार नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा विवाह गर्दैछन् ।पारिवारिक स्रोतका अनुसार रविले विवाहमा परिवारका सदस्य र आफन्तलाई मात्र बोलाएका छन् ।विवाहको कार्यक्रम गोप्य राखिएको छ।उनले गत माघ सात गते निकितासँग अदालती विवाह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *