कृषि सहकारिद्वारा पाउलोनिया वृक्षरोपण

विशेष समाचार समाज

बाग्लुङ जेठ ३, बाग्लुङ जिल्ला जैमिनि नगरपालिका वडा नं ५ बिनामारेमा अवस्थित शिर्सेखोला कृषि सहकारि संस्थाले मिति २०७६/०२ /०३ गते नयाँ प्रजातिको मानिने पाउलोनियाको विरुवा संस्थाका पदाधिकारि तथा शेयर सदस्यहरुद्घारा साविकको विनामारे १ सिम्लेमा परिक्षण स्वरुप सामुदायिक वृक्षरोपण कार्य सम्पन्न भयो, संस्थाका अध्यक्ष श्री दिलबाहादुर पाण्डे थापाको अध्यक्षता भएको कार्यक्रमा उपाध्यक्ष नारायण पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो। उक्त विरुवा  वनस्पती विभाग थापाथलिबाट परिक्षण स्वरुप १७५ थान प्राप्त भएको तथा सो बिरुवा ८ /१० वर्षमा २५/३० फुटको भई सम्पुर्ण प्रकारका फर्निचर तथा झ्याल ढोकाको रुपमा प्रयोग हुने विशेषत, ।पार्केटिङको लागि अति उपयोगी हुने पानीले नखाने भएकोले बिरुवा त्यसक्षेत्रमा नयाँ प्रयोगको रुपमा लिइएको र हावापानि उपयुक्त भएमा सम्पुर्ण कृषकहरुलाई वैकल्पीक खेतिको रुपमा प्रोत्साहन गर्न सकिने जानाकारि संस्थाका शेयर सदस्य जयराम आचार्यले दिएका थिय।

उक्त कार्यक्रममा वडा सदस्य श्री देवेन्द्र रेग्मी लगायत सम्पुर्ण कृृृृषकले  सामुहिक रुपमा वृक्षरोपण गरेका थिए भने कार्यक्रम  संस्थाका सचिव इन्द्र वहादुर घर्तिले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *