भारतमा हुने साउथ एशियन च्याम्पियनसिप कराँतेको लागि ६ खेलाडी प्रस्थान

Featured खेलकुद विशेष समाचार समाज

पोखरा –भारतको पश्चिम बंगालमा आयोजना हुने गईरहेको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा सहभागि हुने खेलाडीलाई पोखराबाट बुधबार विदाई गरिएको छ । क्योकुशिन बुदोकाई कराँते च्याम्पियनसिपको लागि पोखराबाट ६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

खुला तर्फ निर्मलबहादुर केसी, ६५ केजी तौल समूहमा गोविन्द रोक्का, ५५ केजी तौलमा सोमबहादुर तामाङ, ५५ केजी तौलमा अर्जुन बराम, ५५ केजीमै सौगात शर्मा र महिला तर्फ पवित्रा चौधरी रहेकी छिन् । उनले ५५ केजी तौलमा प्रतिस्पर्धा गर्ने छिन् । त्यस्तै बरामले एकल कातामा समेत सहभागिता जनाउने छन् ।

उनीहरुलाई क्योकुशिन बुदोकाई कराँते पश्चिमाञ्चलका प्रशिक्षएक एवं कास्की जिल्ला खेलकुद विकास कास्कीका कोषाध्यक्ष दिपकबहादुर गोदार, संघका उपाध्यक्ष बेलबहादुर थापा लगायतले विदाई गरेका थिए । खेलाडीहरुलाई थापाले आर्थिक सहयोग समेत हस्तान्तरण गरेका थिए । प्रतियोगिता २२ डिसेम्बरदेखि शुरु हुने छ ।

 

-(खेलाडी न्युज)

Leave a Reply

Your email address will not be published. Required fields are marked *