पोखरा वडा नम्बर २१ स्थित कृषक आई.पि.एम कृषक पाठशाला तालिम सोमबार सम्पन्न भएको छ ।

Featured कृषि समाचार

पोखरा महानगरपालिका वडा नम्बर २१ स्थित कृषक आई.पि.एम कृषक पाठशाला तालिम सोमबार सम्पन्न भएको छ । प्रधानमन्त्री आधुनिक कषि परियोजना कारितास नेपाल र वडा कार्यालय पोखरा २१ ले स‌युक्त सञ्चालनमा उक्त आई.पि.एम कृषक पाठशाला तालिम सम्पन्न्न भएको हो । तालिमको समापन गर्दे पोखरा महानगरपालिका वडा न‌ २१ का अध्यक्ष खगराज आचार्यले वडा सरकार स्थानिय गरिब तथा बिपन्नको जिवन स्थर उकास्न लागि परेको बताउदै यो बर्ष प्रविधि सहित प्रयोगको बर्षका रुपमा वडाले मनाउन लागेको र कृषिमा प्रविधिको प्रयोगका लागि वडाले आगामी आर्थिक बर्षमा कृषकको आधा लगानाी रहने गरी हाते ट्याक्टर सहित कृषि सामाग्री वितरण गर्न लागेको बताउनु भयो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कास्कीका बरिष्ठ कृषि अधिकृत बसन्त कुमार श्रेष्ठले सिकेको सिपलाइ व्यवहारत प्रयोग गर्नुपर्ने बताउदै सफल कृषक बन्नका लागि सबै कृषकलाइ शुभकामना दिनु भयो । कार्यक्रममा पोखरा २१ का जनप्रतिनिधी नन्दलाल अधिकारी पूर्व गाविस अध्यक्ष तथा समाजसेवी पूर्ण बहादुर थापा कृषि सञ्जाल अध्यक्ष उमानाथ सुवेदी कारितास नेपाल प्रतिनिधी तथा कार्यक्रमका सहजकर्ता उमानाथ सुवेदी लगायतले बोलेका थिए । करिब २५ जना कृषकहरुको सहभागिता रहेको तालिममा स्थानिय जातका तरकारी बाली उत्पादन गराउने, तरकारीमा लाग्ने रोग तथा किरा नियन्त्रण गर्ने, रासायनिक मल प्रयोग नगरि घरेलु तरिकाबाट उत्पादन गर्ने तरिकाका बारेमा तालिमममा प्रशिक्षण गराईएको थियो । २० हप्ता सम्म सञ्चलानमा भएको तालिममा कृषि सहजकर्ता मुक्तीराम पौडेल प्रशिक्षण गर्नु भएको थियो । सहजकर्ता पौडेलले तालिमबाट कृषकले धेरै कुरा सिकेको बताउदै तालिम व्यवहारमा कार्यनव्यन गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै तालिममा सहभागि कृषकलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । नमुना आई.पि.एम पाठशाला पोखरा २१ का अध्यक्ष सुमित्रा के सीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सोही समुहकी सचिव सरस्वती खत्रीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *