पोखराका सडकमै कायकीङ !

Featured पर्यटन विशेष समाचार समाज

पोखरा : उचित निकास नहुँदा पोखराको पर्यटकीय केन्द्र लेकसाइडको सडकमै आकासे पानी जमेको छ। सडकमा जमेको पानीमा स्थानीय युवाले विरोधस्वरुप कायक चलाएका छन्।

पोखरा महानगरपालिका, सडक विभागमा आकासे पानीको उचित निकास दिन व्यवस्थित ढल निर्माणकालागि माग गरेपनि सुनुवाई नभएपछि ध्यान आकर्षणका लागि कायक चलाएको स्थानीय अनिल थापाले बताए।

नेपालमा सबैभन्दा धेरै पानी पोखरामा पर्दछ। उक्च पानीको उचित व्यवस्थापन नहुँदा आकासे पानी पसलमा पस्ने भएकोले बाराही चोकका ८ वटा पसल नै बन्द गर्नु पर्ने स्थानीय व्यवसायी नारायण सापकोटाले सुनाए।

वर्षैंदेखि यस्तो समस्या भोग्नु परेकोले विरोध स्वरुप सडकमै कायक चलाइएको उनले सुनाए। देश विदेशबाट आउने हजारांै पर्यटकलाई सडकमै पानी जम्दा हिडडुल गर्न समस्या परेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *