काभ्रेपलान्चोकको धुलिखेलमा भेटियो विरुपाक्ष आकारको किराँतकालिन मुर्ति !

विशेष

काभ्रेपलान्चोक। धुलिखेलमा नगरपालिकामा बाटो खन्ने क्रममा हात टुटेको विरुपाक्ष आकारको देविको मुर्ति फेला परेको छ । जिल्लाको काभ्रेकोट यो मुर्ति भेटिएको हो । मुर्तिलाई स्थानीयले किराँतकालिन मुर्ति भएको दावि गरको छन । यो मुर्ति भेटिएसँगै नेपालको इतिहासमा पहिलोपटक काभ्रेपलाञ्चोक क्षेत्रमा किराँतकालिन मुर्ति फेला परेको हुनसक्ने स्थानीयको अनुमान छ ।

गत बर्ष काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका –१३ तिमालबेसिमा किराँतकािन स्तम्भ भेटिएको थियो । काभ्रेपलान्चोक पुरातत्त्व संरक्षण अभियानका संयोजक रहेका श्रीकृष्ण धिमालले मुर्ति भेटिको स्थान सिल गरि तुरुन्तै सो क्षेत्रलाई पुरातत्त्व विभाग, स्थानीय वुद्विजिवि र सुरक्षाकर्मिको रहोबरमा मुर्ति भेटिएको स्थान सिल गरि पुरातत्त्व विभागले थप उत्खनन गर्न पहल गर्ने बताएका छन । धिमालले धुलिखेल नगरपालिका,जिल्ला प्रशासन काार्यालय तथा सम्बद्ध सबैसँग छलफल गरि बहुमुल्य सम्पदाको सरक्षणको प्रयास थालिने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *