नेपाली अर्थतन्त्रमा सम्भावना र चुनौति विषयक गोष्ठी सम्पन्न

गण्डकी प्रदेश बजेट विशेष समाचार

३२ साउन, पोखरा।

पोखरामा नेपाली अर्थतन्त्रमा सम्भावना र चुनौति विषयक गोष्ठी सम्पन्न भएको छ । पोखराकोे सिमलचौरमा रहेको ला ग्रान्डि ईन्टरनेसनल कलेजको आयोजनामा शनिबार सो गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं विश्व बैंकका पूर्व वरिष्ठ अर्थविद डा.स्वर्णिम वाग्ले र राष्ट्रिय योजना आयोगका वरिष्ठ अर्थ सल्लाहकार डा. विश्व पौडेलले आआफ्नो विशेषज्ञता अनुसार प्रस्तुत गरेका थिए ।

दुई वटा सत्रमा आयोजना गरिएको गोष्ठीको पहिलो सत्रमा पूर्व उपाध्यक्ष डा.वाग्लेले नेपालको अर्थ व्यवस्था, इतिहास र विश्व अर्थ व्यवस्थामा नेपालको स्थानका बारेमा कलेजका विद्यार्थी सामु आफ्नो प्रस्तुती दिएका थिए ।

यस्तै दोस्रो खण्डमा नेपाली अर्थतन्त्रको लक्ष्य, हालको अवस्था, विकासका संवाहकका खम्बा र जोखिमका बारेमा प्रकाश पारे । उनले नेपालका आर्थिक विकासका लागि असल नेतृत्वसँगै नीति नियम र अन्तराष्ट्रिय सम्बन्ध आवश्यक रहेको बताए ।

अर्का वतmा रुपमा रहेका डा. पौडेल नेपालमा उद्यमशीलताको विकास गर्ने तरिका, गरिबी निवारण, सिर्जनशीलता विकास गर्न राज्यको भूमिका बारे जानकारी गराए । सो कार्यक्रमको दोस्रो सत्रमा स्रोतव्यक्तीसँग बहस तथा अन्तरक्रिय कार्यक्रम गरिएको थियो ।

त्यसमा कलेजका संस्थापक अध्यक्ष देबराज चालिसे तथा गण्डकी विकास बैंकका सहायक सीईयो तारानाथ लम्सालले छलफल गरे ।
सो अन्तरक्रियामा कलेजका जिज्ञासु विद्यार्थीहरुले ब्यापार विश्वव्यापीकरण, नेपाली अर्थतन्त्रमा विश्व अर्थतन्त्रको प्रभाब, नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको सम्भावना र चुनौती आदी विषयमा प्रश्न राखेका थिए ।

कार्यक्रममा विद्यार्थीको तर्फबाट बिज सेन्टरका संयोजक ईस्वर पहारीलेस्वागत मन्तब्य राखेका थिए । यस्तै सौगातराज बराल, सुशील पोख्रेल, स्नेहा गुरुङ लगायतले अनुभव तथा स्रोतव्यतिmहरुको परिचय राखेका थिए ।

कलेजका प्रिन्सिपल ई. किरण केसीले स्वागत मन्तव्य सहित कलेजको संक्षिप्त परिचय र कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने उक्त कार्यक्रमको समापन कलेजका अध्यक्ष चालिसेले गरेका थिए ।

उनले सबै विद्यार्थीहरुलाई युवा अर्थशास्त्रीको जीवन बारे केही सिक्न सुझाव दिए । कार्यक्रमको संचालन कलेजका एकेडेमिक डिन डा.कृष्णराज भण्डारीले गरेका थिए ।

via- fb

Leave a Reply

Your email address will not be published. Required fields are marked *