दुर्घटनामा एक जनाको मृत्यु

समाचार

इनरुवा, ५ पुस (रासस)ः सुनसरीको कोशी गाउँपालिका–३ जुधगञ्जमा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ ।

कोशी गाउँपालिका–६ श्रीपुरजब्दीका महेश खङ्गको दुर्घटनामा परी मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३३प ७७१७ नंको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा खङ्ग गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *