सफलताको तीज गीत प्रतियोगिता भाद्र १४ गते

Featured गण्डकी प्रदेश पर्यटन मनोरञ्जन समाचार

जहाँ सञ्चार त्यहाँ विकास भन्ने नाराका साथ संचालित सफलता मिडिया प्रा.लि ( रेडियो सफलता १०३.४ मेगाहर्ज) को आयोजनामा हुने तिज गित प्रतियोगिताको तयारी तिव्र पारिएको छ । यसवर्ष समृद्दिका लागि पर्यटन, पर्यटनमा महिला सम्वन्धी विषयवस्तु छनौट गरिएको छ । यस वर्ष गण्डकी प्रदेश सरकार उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय सँगको सहकार्यमा कार्यक्रम गर्न लागिएको हो । स्थापनाकाल देखी निरन्तर गर्दै आएको सफलता तीज गित प्रतियोगीताको नवांै संस्करण यहि भाद्र १४ गते शनिवार रेडियोको प्राङ्गण मासबारमा गरिने छ । वर्षेनी मौलिक संस्कृति लोकलयमा आधारित समय सान्र्दभिक विषयवस्तुमा केन्द्रित प्रतियोगीता आयोजना गर्दै आएकोमा यसवर्ष समृद्धिका लागि पर्यटन, पर्यटनमा महिलालाई जोड दिइएको प्रबन्ध निर्देशक दुर्गा अधिकारीले जानकारी दिनुभयोे । सन् २०१९ लाई गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्षको रुपमा मनाइरहेको र नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिसकेको अवस्थामा सफलताले कार्यक्रमलाई साथ दिन लागेको निर्देशक गोविन्द कोइरालाले जानकारी दिनुभयो । सङ्घीयताको नयाँ अभ्यासबाट प्रदेशको समृद्धिका लागि शुरु गरिएको भ्रमण वर्ष सफल बनाउन रेडियोले समृद्दिका लागि पर्यटन, पर्यटनमा महिला सम्वन्धी विषयवस्तु छनौट गरी मौलिक संस्कृति लोकलयमा आधारित तिजे भाकामा गितको माध्यमबाट आफ्नो ठाउँको बारेमा प्रचार प्रसार गरी आन्तरिक पर्यटकीय गन्तव्यमा पर्यटनको माहौल सिर्जना गर्न तथा पर्यटक प्रवद्र्धनमा पनि उत्तिकै सहयोग पुग्ने कार्यक्रम संयोजक पार्वता पौडेलको दाबी छ । नेपालको पर्यटकको आगमन बढाई विदेशी मुद्रा आर्जन गर्ने, रोजगारी सिर्जना गर्ने र समष्टिगत आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्यका सन् २०१९ लाई गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष रुपमा मनाइरहेको छ । मौलिक सँँस्कृतिको जगेर्ना तिज गितको माध्यमबाट पनि आम नागरिकमा छिटो सन्देश पुग्ने हुनाले अहिलेको तिजमा पर्यटन बिषयलाई जोडिएको रेडियो सफलताका कार्यक्रम संयोजक मधु अधिकारी जानकारी दिनुभयो । यस कार्यक्रममा सबैको सहयोगको अपेक्षा राखिएको छ । १ दिने तिज कार्यक्रममा प्रथम पुरस्कार नगद रु. २० हजार, द्धितिय पुरस्कार रु १५ हजार तृतिय पुरस्कार रु १० हजार सान्त्वना पुरस्कार रु ५ हजार उत्कृष्ट भेषभुषा, नृत्य र अनुशासनलाई रु २÷२ हजार पुरस्कारको व्यवस्था गरिएको छ । टिमदर्ताका लागी रेडियो सफलताले आब्हान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *