निर्धक्क भएर काम गर्ने वातावरण नभएको सुधार गृह सञ्चालकको गुनासो :

समाचार

काठमाण्डौ, २८ पौष ।
सुधार गृह सञ्चालहरुले अझैपनि निर्धक्क भएर काम गर्ने वातावरण नभएको गुनासो पोखेका छन् । रिकभरी सोसाइटी अफ नेपालले शनिबार काठमाडौमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले सुधार गृह सञ्चालनका लागी राज्यले नै सहयोग नगरेको समेत गुनासो गरेका हुन् ।


नेपाल बार एशोशिएसनका निर्वतमान सचिव एव्म अविक्ता विष्णु लुईटेलले नागरिकहरुको बारेमा चासो राख्नु राज्यको कर्तव्य रहने बताए । सरकारले गर्नुपर्ने काम निजी क्षेत्र र केही सामाजिक अभियन्ताहरुको तर्फबाट भैरहेको अवस्थामा सरकारबाटै साथ नभएको उनले बताए ।
त्यस्तै साहारा नेपाल (महिला) की अध्यक्ष एनी राईले नेपालमा महिला सु्धार गृहको अभाव भएको भन्दै सरकारलाई व्यबस्थापनका लागि आग्रह गरे । त्यस्तै अर्का सुधारगृह सञ्चालक वाङ्दे लामाले महिला सुधार गृहका बारेमा सरकार नै गम्भिर हुनुपर्ने धारणा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *