बिकास र समृद्धिका लागी सत्तापक्ष र प्रतिपक्ष एक छौँ : प्रचण्ड

बागमती प्रदेश समाचार

काडमाण्डौ, २८ पौष ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिकास र समृद्धिका लागी सत्तापक्ष र प्रतिपक्ष एकै ठाउमा रहेको बताएका छन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पाँचौँ राष्ट्रिय अधिवेशनलाई शनिबार काठमाडौमा सम्बोधन गर्दे उनले बिकासका लागी अहिले ऐतिहासिक अवसर आएको भन्दै यसलाई सदूपयोग गर्नुपर्ने स्पष्ट पारे । अहिले पनि आपसी मतभेदलाई अन्त्य गरि मुलुकको बिकासमा नलागे जनताले माफि नदिने उनको भनाई छ ।


दाहालले जनताले कम्युनिष्ट, काङ्ग्रेस भनेर नछुट्याउने भएकाले विकास, समृद्धि दियो कि दिएन र आफ्नो जीवनमा सकारात्मक परिवर्तन भयो कि भएन भन्ने आधारमा सरकार र पार्टीको मूल्याङ्कन गर्ने जिकिर गरे । निजी क्षेत्रलाई प्रोत्साहन नगरिकन आर्थिक समृद्धिको यात्रा अगाडि बढ्न नसक्ने उनले बताए ।
उनले निजी क्षेत्रलाई प्रोत्साहन र सहकार्य नगरिकन समृद्धि सम्भव नभएकाले पनि राज्यले लिएको सार्वजनिक, निजी, सहकारीलाई समानरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले राष्ट्रिय पुस्तक नीति तय गरेर त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयास हुने समेत बताए ।
कार्यक्रममा काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निजी क्षेत्रको विकास र विस्तारका लागि आफ्नो पार्टीले विगतदेखि नै सकारात्मक प्रयास गरेको भन्दै आगामी दिनमा पनि त्यस्तो प्रयास कायम रहिरहने उल्लेख गरे ।
आइतबारसम्म चल्ने अधिवेशनले महासङ्घको नयाँ नेतृत्व चयन गर्दै काठमाडौँ घोषणापत्रसमेत सार्वजनिक गर्ने कार्यक्रम रहेको रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *