गैंडाकोटको हर्कपुरमा फाइनप्रिन्ट फिभर हुँदै

Featured शिक्षा समाचार

२०७७ फागुन २०

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को प्रभावबाट कुनै पनि क्षेत्र अछुतो रहेन । ठुल्ठूला उद्योग, कलकारखानादेखि ससाना खुद्रे पसल, शैक्षिक संस्थादेखि कर्पाेरेट अफिस, खेलकुददेखि मनोरञ्जन आदि सबै क्षेत्र कोभिडको संकटमा फसे । नेपालको पुस्तक व्यवसायदेखि लेखक–पाठकबीच हुने क्रियाअन्तक्र्रिया एवम् बौद्धिक बहसलाई पनि यसले असर पु¥यायो ।

भौतिक रूपमा उपस्थित भएर हुने गरेका कार्यक्रम कोभिडले ठप्प पारिदियो । पुस्तककै कुरा गर्दा पनि, पाठकसमक्ष ल्याउने बेला गर्ने गरिएका पुस्तकको भौतिक विमोचन लामो समय ठप्पप्रायः नै रह्यो । भौतिक दूरी कायम गर्नुपर्ने र कोभिडको स्वास्थ्य मापदण्ड पालना गर्दै गर्दा मान्छे नै मान्छेदेखि भाग्नुपर्ने अवस्था पनि आयो ।

तर यसबीचमा पुस्तक प्रकाशनको काम रोकिएन । हामीले जति सक्छौं, पुस्तक प्रकाशन ग¥यौं । कोभिडले ल्याएका जटिल परिस्थितिहरूमा पनि शब्दहरूको यात्रा रोकिएन । लेखक, साहित्यकारका नयाँ कृति एवम् रचना बजारमा आइरहे । पुस्तकको भौतिक विमोचन गर्न नपाए पनि भर्चुअल माध्यमबाट हामी पाठकसमक्ष निरन्तर जोडिने कोसिस ग¥यौं । तर यसबीचका क्रियाकलाप हाम्रा लागि त्यति सहज भएनन्, जुन कुरा यहाँहरूले पनि पक्कै अनुभव गर्नुभयो ।

तर समस्या सधैं कहाँ रहिरहन्थ्यो र ? रहेन पनि । एक दिन यसले पार पाउनैपर्ने थियो, जनजीवन सहज हुनैपर्ने थियो । अहिले त्यसतर्फ समाज गइरहेको हामीलाई अनुभव भएको छ ।

कोभिड थियो÷छ । तर यति भनिरहँदा त्यसको समाधानका लागि खोप पनि आउन थालिसकेको छ । कतिपयले कोभिडको खोप लगाइसक्नु पनि भएको छ ।

त्यसैले हामी चाहन्छौं, अब भौतिक रूपमा कार्यक्रम हुनुपर्छ । कोभिडका कारण सिर्जित लेखक, साहित्यकारसँग पाठकको दूरी मेटिनुपर्छ । क्रियाअन्तक्र्रिया हुनुपर्छ । बौद्धिक बहसहरू चल्नुपर्छ । वादेवादे जायते तत्वबोधःले उद्घोष गरेअनुसार छलफल एवम् संवादहरूले निरन्तरता पाउनुपर्छ ।  पुस्तक बजार चलायमान हुनुपर्छ ।

त्यसैको एउटा प्रयासस्वरूप फाइनप्रिन्टले नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा यही फागुन २८ देखि २९ सम्म फाइनप्रिन्ट फिभर आयोजना गर्दै छ, जहाँ फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति रहनेछ । साथै उहाँहरूका रोचक एवम् बौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुनेछन् । कार्यक्रममा उहाँहरूले आफ्ना पुस्तकका विषयमा चर्चापरिचर्चा गर्नु नै हुनेछ, सँगै पाठकसँग संवाद एवम् अन्तक्र्रिया पनि गर्नुहुनेछ ।

कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम हुनेछन्, विशेष छुटमा पुस्तक प्रदर्शनी रहनेछ । र अन्य रचनात्मक कार्यक्रम पनि हुनेछन् ।

हामीलाई लाग्छ, यो कार्यक्रमले पाठक एवम् लेखकलाई नजिक्याउनेछ । बौद्धिक बहसको एउटा क्रमलाई निरन्तरता दिनेछ । कोभिडले ल्याएको मानिसमानिसबीचको दूरी हटाउनेछ । भावनात्मक एकता ल्याउन सघाउनेछ ।

यो एउटा लेखक साहित्यकारको जमघट मात्र हुनेछैन, यो त कला, संस्कृति, साहित्य आदिमा रुचि एवम् जिज्ञासा राख्नेहरूको महोत्सव नै हुने हाम्रो आशा छ । किनभने उन्नति कल्चरल भिलेज यस्तो ठाउँ हो, जहाँ नेपालका विभिन्न कला एवम् संस्कृतिको जगेर्नाका लागि एउटा सार्थक प्रयास थालनी गरिएको छ ।

यो कार्यक्रम चौधरी फाउन्डेसनसँगको सहकार्यमा हुन लागेको हो । कार्यक्रमका सबै सत्रमा सहभागिताका लागि शुल्क लाग्नेछैन ।

कार्यक्रममा कोको सहभागी हुँदै छन् ?

फाइनप्रिन्ट फिभरका अवसरमा एक ज्यान दुई जुनीका लेखक देवेन्द्रराज पाण्डे, गुमनाम आमाहरूको कथाका लेखक डा. बाबुराम भट्टराई, जिजीविषाकी लेखक मनीषा कोइराला, देश देशावरका लेखक जीवा लामिछाने, पुँजीवाद र स्वतन्त्र समाजका आधारशिलाका अनुवादक मुराहरि पराजुली, कका लेखक असीम सागर, कबाल्स एन्ड कार्टेल्सका लेखक राजीव उपाध्याय, बिटविन क्विन्स एन्ड द सिटिजका लेखक निरञ्जन कुँवर र रहरका लेखक सुरेश बडालको सहभागिता रहनेछ । यी लेखकका कृतिबारे सत्रहरू सञ्चालन हुनेछन् ।

उक्त अवसरमा रवीन्द्र मिश्रको नयाँ कृति राजनीतिसँगै राजकाज पुस्तकमा केन्द्रित रहेर सञ्चारकर्मी रवि लामिछानेले संवाद गर्ने कार्यक्रम पनि छ ।

कहाँ हुँदै छ कार्यक्रम ?

चितवनको नारायणगढ बजारबाट करिब १२ किमि दूरीमा रहेको नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा सांस्कृतिक थारु गाउँको अवधारणामा काम भइरहेको छ । थारु डबली, थारु बार आदि यहाँ छन् । यहाँ थारु गाउँका विशेषतालाई मात्र देखाइएको छैन, नेपालकै विभिन्न कला एवम् संस्कृतिबारे जानकारी दिने प्रयास पनि गरिएको छ ।

कला (हस्तकला र साहित्य)को प्रवद्र्धनका लागि पनि दीर्घकालीन योजनासाथ तीव्रस्तरमा काम भइरहेको छ । करिब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली क्राफ्टको हिस्ट्री म्युजियम छ । कला र साहित्यको प्रवद्र्धनकै लागि भनेर कला केन्द्र बनाइएको छ । कलाघर पनि यहीँ छ, जहाँ विभिन्न ‘क्रिएटिभ फिल्ड’का विशेषज्ञ आएर आआफ्ना कला सिर्जना गर्न सक्छन् ।

चारैतिर हरियालीयुक्त परिवेशमा फाइनप्रिन्ट फिभर हुँदै छ । आउनुहोस्, साहित्यको यो महोत्सवबाट बौद्धिक रसास्वादन गरौं । नेपाली साहित्य र पठन संस्कृतिको विकासमा एउटा सार्थक प्रयास थालौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *