जिल्ला प्रशासन कार्यालय तनहुँले गर्यो ऋषिङ्ग गाउँपालिका संग अन्तरक्रिया

गण्डकी प्रदेश समाचार
२०७७ वैशाख ५ गते
तनहुँको ऋषिङ्ग गाउँपालिकामा पछिल्लो पटक मुलुकभर बढ्दै गरेको कोरोना (कोभिड १९) संक्रमणको सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले ऋषिङ्ग गाउँपालिका सँग अन्तरकृया गरेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख प्र.जि.अ. बद्रीनाथ अधिकारीको विशेष उपस्थितिमा गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ , उपाध्यक्ष गिनुमाया थापा , प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेल तथा जिल्ला स्वास्थ्य , जिल्ला प्रशासन  र गाउँपालिकाका कर्मचारिहरुको सहभागितामा अन्तरकृया सम्पन्न भएको हो । अन्तरकृयामा संसारभर महामारिको रुपमा फैलिरहेको कोरोनाको असर नेपालमा परेको र त्यसको असर तनहुँमा पनि पर्न सक्नेतर्फ सचेत हुनपर्ने आवश्यकता  औल्याईएको छ । ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले आफ्ना नागरिकलाई कोरोना संक्रमण हुन नदिन हदैसम्मको प्रयास गरिरहेको बताउँदै ऋषिङ्ग गाउँपालिकामा दोश्रो चरणको राहत बितरण अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । बैठकमा प्रजिअ अधिकारिले गाउँपालिका भित्र क्वारेन्टाईन को अवस्था स्वास्थ्य सामाग्रीको उपलब्धता र जनमानसमा रहेको धारणाको बारेमा चासो राख्नुभएको थियो । उहाँले हाल सामान्य रुपमा रहेको कोरोनाको असर तथा गम्भिरतालाई आत्मसाथ गर्दै यहि अवस्था कायम राख्न  सबैको सामुहिक प्रयास आवश्यक रहेको बताउनु भयो ।बैदेशिक रोजगारबाट आएकाहरुको बारे स्थानिय तह गम्भीर बन्न समेत उहाँले सुझाउनुभयो ।
जिल्ला प्रहरी कार्यालय प्रमुख लगायत सैनिक तथा सुरक्षा अधिकारिहरु सहितको अन्तरकृयामा जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रतिनिधिहरुको समेत उपस्थिती थियो । अन्तरकृया कार्यक्रमलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेलले सहजिकरण गर्नुभएको थियो । अन्तरकृया पश्चात् प्रजिअ लगायतको टिमले गाउँपालिकाको निर्माणाधिन भवनको समेत अवलोकन तथा निरिक्षण गर्नुभएको थियो ।
तनहुँको दक्षिणी क्षेत्रमा २५,८७० जनसंख्या रहेको ऋषिङ्ग गाउँपालिकामा हालसम्म कुनै पनि ब्यक्ती कोरोना संक्रमित रहेको प्रमाणित भएको छैन । हाल ऋषिङ्ग गाउँपालिकामा २० जना सम्मको क्षमता रहेको २ क्वारेण्टाईन र ३ स्थानमा हेल्प डेस्क राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *