सेयर बजारमा तेस्रो ‘सर्किट ब्रेक’, बजारको परिसूचक नेप्से १११ अंक बढेर कारोबार बन्द ।

बजेट विशेष समाचार

काठमाडौं । आइतबार सेयर बजारमा तीन पटक ‘सर्किट ब्रेक’ लागेको छ । कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो , ११ः २५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि दोस्रो ४० मिनेटका लागि कारोबार स्थगित  भई पुनः १२: ०७ बजे सुरु भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो । योसँगै आइतबारका लागि सेयर कारोबार बन्द भएको छ । आइतबार सेयर बजारको परिसूचक नेप्से १११ अंक बढेको छ । नेप्से १९६३ अंकमा कायम भएको छ । दिनभर ९ मिनेट कारोबार हुँदा जम्मा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *