दुर्घटनामा परेका सदस्यलाई युथ कम्युनिटी क्लव को सहयोग

Featured समाचार

पोखरा १५ असोज
केमिकल दुर्घटनामा परि अस्पतालमा उपचारत रोशन अधिकारीलाई युथ कम्युनिटी क्लव
पोखराले आर्थिक सहयोग गरेको छ । क्लवका कार्यसमिति सदस्य समेत रहेका अधिकारी केही दिन अगाडि केमिकल
दुर्घटनामा परि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको सघन कक्षमा उपचाररत रहेको र उनलाई क्लवले १६ हजार
आर्थिक सहयोग गरेको क्लवका विपद ब्यवस्थापन उपसमिति संयोजक शर्मिला लामाले जानकारी दिइन ।
युवा ब्यवशायीहरु बीच साथ, सहयोग र सहकार्यका लागी भन्ने उद्देश्यका साथ स्थापित युथ कम्युनिटी क्लवको
विपद ब्यवस्थापन कोषबाट ८ हजार र क्लवका आवद्ध सदस्यहरुबाट संकलित ८ हजार गरी १६ हजार आर्थिक सहयोग
गरिएको र थप सहयोगका लागी ग्रीन डेभलपमेन्ट बैंकको खाता नम्बर ००६२१५०००१११३९०००००१ मा रकम
संकलन गर्न सकिने समितिका सह संयोजक संजय शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *