पोखराको लेखनाथ सुन्दरीबजारमा कार र बसको ठक्कर २ जनाको मृत्यु ।

समाचार

मंसिर २४, पोखरा । आज अपर्हान्न ४:१५ बजे पोखरा महानगरपालिका वडा नं २६, सुनदरीबजार लेखनाथ स्थित पृथ्वीराजमार्गमा पोखराबाट तालचोक तर्फ जाँदै गरेको BAA 0041 नं. को कारले बिपरित दिशाबाट आउदै गरेको ग १३ प ३५७८ नं. को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार  पोखरा -२५ हेम्जा बस्ने २३ बर्षकी अनिशा खड्का र पोखरा-५ जिरो बस्ने अन्दाजि २४ बर्षकी भावना बराल  घाईते भई उपचारको लागि पोखरा स्वास्थय पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा तर्फ पठाएको र उपचारको  क्रममा डाक्टरद्धारा मृत घोषणा गरेको छ । दुवै सवारी साधन र कार चालक ई.प्र.का. शिशुवाको नियन्त्रणमा रहेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *