नेपाल भारत सिमाविवाद कुटनैतिक समाधान कि युद्ध ?

Featured आज को बिचार समाचार

श्रिकृष्ण धिमाल

नेपाल भारत सिमा विवादमा कुटनैतिक पहलमै जोड दिनुपर्ने हुन्छ भन्दा देशभक्ती हुदैन भन्नेहरूले एकातिर भारतसङ्ग युद्ध गर्ने भन्दै सुरुङ्ग खनेको नाटक गर्ने र रातारात तत्कालीन भारतीय प्रधानमन्त्री बाजपायी समक्ष निबेदन सहित आत्मसमर्पण गर्ने क्रान्तिकारिता र त्यसको परिणाम १० बर्ष हामीले भोगिरहेका छौं ।

घर बाहिरको शत्रु सँग प्रधानमन्त्री ओलि लडिरहेका छन ।तर ,उनकै घर भित्रका मित्ररुपि सर्पहरुले पटक पटक ओलि सरकारलाई डस्न खोजेको नेपाली जनतालाइ जगजाहेर छ । नेपाल(भारत मित्रता सत्य र तथ्यको आधारमा जिवन्त रहन्छ, धाक धम्मिका हैन भनेर नेपालको संम्सदमा सिंह झै गर्जिने राजनेता केपि शर्मा ओलि महेन्द्र पछिकै सवैभन्दा शक्तिशाली राष्ट्रवादि नेता हुन । उनले नेपाल भारत सिमाबारे कुटनैतिक वार्ताबाट नै समाधान खोजिने दिएको अभिव्यक्ति अन्तराष्ट्रिय क्षेत्रमा चर्चित समेत बनेको छ।

नेपाल सरकार देखि इन्टरपोल सम्म, अमेरिका देखि युरोप भारत सम्मले आंतङ्ककारी घोषणा गरेको नेपालका माओवादिहरुले भारतिय सैनिक क्यापमा तालिम गरेरेको विवरण अनुसन्धान विभागले दरबारलाई दिएको जानकारी बारे कान्तिपुरका सम्पादक सुधिर शर्माले आफ्नो पुस्तक प्रयोगशालामा लेखेका छन। भारतको राजधानी दिल्लिमा भएको १२ बुदे सहमतिबारे भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीले अलजजिरा टेलिभिजन सग दिल्लि १२ बुदे सहमति र सविधानसभाको चुनाव देखि नेपालको गणतन्त्रिक परिवर्तन हामिले गराएको भनेर प्रष्ट बोलेकाछन।

भारतको दिल्लिको तारे होटलमा बसेर मासु र भात खादै, हजारौ नेपालिको कत्लेआम हत्या गर्ने र भित्र भित्र लम्पसार पर्ने कुतत्वहरुलाइ नेपाली जनताले नचिनेको हो र? उत्तेजना र आबेग बढाएर युद्धमा झोस्ने र रास्ट्रबादको आवरणमा देशको अस्तित्व नै सिध्याउने रणनीति बनेको नेपाली जनताले नबुझेको होइन। क्रान्तिकारी आवरणमा देश बर्बाद गर्ने लेण्डुपे कुटिलता हरेक राष्ट्रवादि नेपालीले बुझिसकेका छन्। अहिले भर्खरै पनि प्रचण्ड बाबुरामहरू ,राष्ट्रवादि केपीको सरकार ढाल्न कस्को उक्साहटमा सक्रिय भएका थिए भन्ने नेपाली जनताहरुले थाहा नपाएको होइन।

घर बाहिरको शत्रु सँग प्रधानमन्त्री ओलि लडिरहेका छन ।तर ,उनकै घर भित्रका मित्ररुपि सर्पहरुले पटक पटक ओलि सरकारलाई डस्न खोजेको नेपाली जनतालाइ जगजाहेर छ । नेपाल(भारत मित्रता सत्य र तथ्यको आधारमा जिवन्त रहन्छ, धाक धम्मिका हैन भनेर नेपालको संम्सदमा सिंह झै गर्जिने राजनेता केपि शर्मा ओलि महेन्द्र पछिकै सवैभन्दा शक्तिशाली राष्ट्रवादि नेता हुन । उनले नेपाल भारत सिमाबारे कुटनैतिक वार्ताबाट नै समाधान खोजिने दिएको अभिव्यक्ति अन्तराष्ट्रिय क्षेत्रमा चर्चित समेत बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *