संयुक्त राष्ट्र संघ विज्ञान, प्रविधि र नविनता पुरस्कार एरोसानलाई

Featured विशेष

काठमाडौंः संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २०२० अन्र्तगत विज्ञान, प्रविधि र नविनता पुरस्कार नेपालको एरोसान हवले पाएको छ। एरोसानलाई नेपालमा स्मार्ट नमुना सार्वजनिक शौचालय निर्माण गरेबापत पुरस्कृत गरिएको हो।

एरोसान सस्टेनेवल स्यानीटेसन नेपालका कार्यकारी प्रमुख प्रकाश अमात्यले एरोसान पुरस्कृत भएको जानकारी दिए। ‘विश्वभरका एक हजार प्रतिस्पर्धिबाट नेपािलको एरोसान छनौट भएको हो ।’ उनले भने । पुरस्कृत भएसँगै संयुक्त राष्ट्र संघको मे ५, २०२१ मा हुन गईरहेको भर्चुअल सम्मेलनमा एरोसानलाई नमुना शौचालयको प्रस्तुती दिन आमन्त्रण गरिएको अमात्यले जानकारी दिए। सम्मेलनमा कार्यकारी प्रमुख अमात्यले नै सहभागिता जनाउने सँस्थाले जानकारी दिएको छ।

एरोसानले काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा नयाँ स्मार्ट शौचालय र भएका पुराना सार्वजनिक शौचालयको पुनः निर्माण गरि अत्याधुनिक शौचालयमा रुपान्तरण गरि रत्नपार्क, नयाँबानेश्वर, बुद्धपार्क र मंगलबजारमा गरि हाल ४ वटा नमुना शार्वजनिक शौचालय संचालनमा ल्याईसकेको छ भने त्रिपुरेश्वर र पाटन ढोकामा यही वर्ष बाट संचालनमा ल्याउने उद्देश्यका साथ निर्माण कार्य भईरहेछ ।

एरोसानले अत्याधुनिक, स्वच्छ, महिला मैत्री, अपाङ्ग मैत्री र समुदायमा आधारित सार्वजनिक शौचालय निर्माणमा जोड दिँदै आएको छ। यस्ता शौचालयमा महिलाहरुको लागि स्वचालित मेसिनबाट स्यानिटरी प्याड ,प्याडको व्यवस्थापनका लागि जलाउने मेसिनका साथै बालबालिकाहरुको डाइपर परिवर्तन गर्ने स्थानको व्यवस्था हुँदै आएको छ।

यस्ता शौचालयमा सरसफाईका लागि आकाशे पानी संकलन गरि प्रयोग गरिएको छ । उक्त शौचालयबाट निस्कासित ठोस तथा तरल फोहोरलाई ढलमा नफाली उर्जाको रुपमा वाँयोग्यास निर्माण गरिएको छ भने फोहोर पानीलाई प्रशोधन गरि पुनः प्रयोग गर्ने गरीएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *