तिहारमा काठमाडौँमा मात्र २५ लाख माला आवश्यक

यस वर्षको तिहारमा सानाठूला गरी तीन लाख माला भारतबाट आयात हुने अनुमान गरिएको छ। राजधानी काठमाडौँमा बसोबास गर्ने नेपालीका लागि वर्षैपिच्छे भारतबाट माला आयात हुने गरेको तथ्याङ्क छ। नेपालमा लगातार गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भएको २३ वर्ष पुगेको छ। आयातमा भने कमी आएको छैन। विसं २०५३ देखि फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै आएको हो। राजधानीवासीका लागि […]

Continue Reading

लुम्बिनीमा चिनियाँ पर्यटक बढ्ने आशा

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको भ्रमणका क्रममा नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने प्रतिबद्धता आएपछि लुम्बिनी क्षेत्र आसपास चिनियाँ पर्यटक बढ्ने आश पलाएको छ। दुई मुलुकबीच यस्तो सहमतिले चिनियाँ पर्यटक बुद्धजन्मस्थल आउन प्रोत्साहित हुने विश्वास सरोकारवालाले गरेका कान्तिपुर अनलाइनले लेखेको छ। राष्ट्राध्यक्ष सीले यहाँ आउनुअघि लेखेको लेखमा लुम्बिनीको प्रसंग जोड्नु भएको थियो। लुम्बिनीमा आफ्नो मुलुकले बनाएको […]

Continue Reading

स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक नदिन सर्वोच्चको आदेश

१ कात्तिक, काठमाडौं– सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिँदै आएको मासिक पारिश्रमिक र भत्ता असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा तथा न्यायाधीहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले स्थानीय तहका पदाधिकारीले लिइरहेको सेवा सुविधा संविधानविपरित रहेको फैसला सुनाएको हो । अधिवक्ता लोकेन्द्र बहादुर ओलीले […]

Continue Reading

रवि लामिछानेको पक्षमा उच्च अदालत हेटौँडाको आदेश

३० असोज । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा उच्च अदालत पाटन हेटौँडा इजलासले चितवन जिल्ला अदालतको आदेश सदर गरेको छ। टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्ष र उच्च सरकारी वकिलको कार्यालयको रिटमाथि बिहीबार उच्च अदालत  हेटौँडा इजलासलका न्यायाधीशद्वय चण्डिराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलाशले यस्तो फैसला गरेको हो। तर, चितवन जिल्ला अदालतको अनुमतिमा मात्रै विदेश […]

Continue Reading

मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सीईओ र चिकित्सकसहित पाँचजना पक्राउ

काठमाडौँ — नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा अस्पतालका सीईओ र एकजना चिकित्सकसहित ५ जनालाई पक्राउ गरेको छ ।उनीहरुलाई मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धानका लागि हिरासतमा लिइएको ब्यूरोले बताएको छ। ब्यूरोका प्रवक्ताप्रहरी उपरीक्षक गोविन्द थपलियाका […]

Continue Reading

“केहि भएन भन्नेहरुले आँखा चिम्लेका होलान्, आँखा खोलेर हेरे धेरै काम भएका छन्”

पाेखरा, २९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत, छठलगायत पर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रममा सम्बोधन गर्दै उनले हाम्रो […]

Continue Reading

को बन्ला क्रिकेट टिमको नयाँ कप्तान ?

काठमाडौं । क्रिकेटर पारस खड्काले १० वर्षे कप्तानीको जिम्मेवारीबाट बिदा लिएका छन् । पारसले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै कप्तानी छाडेका थिए । पारस सन् २००९ देखि राष्ट्रिय टिमको नियमित कप्तान रहदै आएका छन् । उनी नेपालको क्रिकेट इतिहासमा सर्वाधिक सफल कप्तान हुन् । उनको नेतृत्वमा नेपालले टी–ट्वान्टी विश्वकप खेल्दै इतिहास रचेको थियो । यस्तै, पारसकै […]

Continue Reading

मनाङ प्रहरीले पनि पर्यटक सुरक्षालाई मुख्य प्रथामिकतामा राखेर विभिन्न रणनितिहरु तय गर्दैै विशेष सुरक्षा योजना लागु गरिसेकेका

मनाङ : मुलुकभर मा पर्यटन बर्षको स्वागतका लागि तयारी तीव्र पारिएको छ । यहि क्रममा नेपालमा आउने पर्यटकहरुलाई सुरक्षा दिन नेपाल प्रहरी सशक्त रुपमा अगाडी बढेको छ । जसका पर्यटकीय क्षेत्र भएका जिल्लाहरुमा त्यहाँ कार्यरत सुरक्षा प्रमुखहरुले विशेष रणनितिहरु अहिले देखि नै सुरु गरिसकेका छन् । यसैक्रममा मनाङ प्रहरीले पनि पर्यटक सुरक्षालाई मुख्य प्रथामिकतामा राखेर […]

Continue Reading

पारसले छाडे राष्ट्रिय टोलीको कप्तानी

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानी पद छाडेको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कप्तानी छोडेको बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०७३ बैशाखमा लगाएको निलम्बन सोमवार मात्रै शर्तसहित फुकुवा गरेको थियो । फुकुवा भएको अर्को दिन पारसले कप्तानी पद छाडेका हुन् । पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल […]

Continue Reading

यति धेरै संख्यामा कृषि प्राविधिक पदका लागि करारमा जागिर खुल्यो [विज्ञापनसहित]

काठमाडौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। परियोजना अन्तर्गत विभिन्न जिल्लामा सञ्चालित परियोजना कार्यान्वयन इकाइहरु अन्तर्गत रहेका जोन/सुपरजोनको लागि आवश्यक रेहको कृषि प्राविधिक र पशु सेवा प्राविधिक (राजपत्र अनंकति द्वितिय श्रेणी) पदमा १९२ जना करारका लागि खुला प्रतियोगिताद्वारा दरखास्त आव्हान गरेको हो। योग्यता पुगेका व्यक्तिले सम्बन्धित जिल्लामा रहेका परियोजना […]

Continue Reading