को बन्ला क्रिकेट टिमको नयाँ कप्तान ?

Featured खेलकुद विशेष समाचार समाज

काठमाडौं । क्रिकेटर पारस खड्काले १० वर्षे कप्तानीको जिम्मेवारीबाट बिदा लिएका छन् । पारसले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै कप्तानी छाडेका थिए ।

पारस सन् २००९ देखि राष्ट्रिय टिमको नियमित कप्तान रहदै आएका छन् । उनी नेपालको क्रिकेट इतिहासमा सर्वाधिक सफल कप्तान हुन् ।

उनको नेतृत्वमा नेपालले टी–ट्वान्टी विश्वकप खेल्दै इतिहास रचेको थियो । यस्तै, पारसकै नेतृत्वमा नेपालले एतिहासिक टी–ट्वान्टी र एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो ।

कप्तानबाट पारसको राजिनामासँगै नयाँ कप्तानको चर्चा सुरु भईसकेको छ ।

पारस नियमित कप्तान रहदा ज्ञानेन्द्र मल्लले उप कप्तानको रुपमा नेपाली क्रिकेट टिमको नेतृत्व गर्दै आएका थिए ।

पारसको राजिनामासँगै ज्ञानेन्द्र नेपाली क्रिकेटका नयाँ कप्तानका मुख्य दाबेदार हुन् ।

तर, यसको निर्णय नेपाल क्रिकेट संघ क्यानको केन्द्रिय कार्यसमिति बैठकले टुङ्गो लगाउनेछ ।

पारस र ज्ञानेन्द्रले एकै समय क्रिकेट करियर सुरु गरे । यस अर्थमा दुवैको क्रिकेट करियर अब धेरै बर्ष अघि बढ्ने छैन । पारस आफैले लामो समय क्रिकेर करियर अघि नबढाउने घोषणा गरिसकेका छन् । त्यसैले दिर्घकालिन रुपमा युवालाई समेत सो जिम्मेवार दिन सक्ने विकल्प रहेको छ ।

पारस अझै केही समय खेलाडीको रुपमा मैदानमा हुनेछन् । नयाँ कप्तानलाई उनको साथ अवश्य मिल्नेछ । पारस आफैले ज्ञानेन्द्रले क्रिकेट टिमको नेतृत्व गर्न सक्ने बताईसेका छन् । उनी क्रिकेटबाट बिदा लिने समय नेपाली टिमले एक परिपक्क कप्तान पाउनेछ ।

नेपालले खेलेका पछिल्ला दुई टी-ट्वान्टी सिरिजमा युवा खेलाडी दिपेन्द्र सिंह ऐरीलाई राष्ट्रिय टिमको उपकप्तान बनाईएको थियो ।

क्यानको नयाँ नेतृत्वले दिपेन्द्रलाई उप कप्तानको रुपमा विकास गर्दै विस्तारै पुरा जिम्मेवारी दिन सक्छ ।

तत्कालका लागि कप्तानीको रुपमा ज्ञानेन्द्रनै आउने सम्भाबना छ । नियमित उप–कप्तानको रुपमा समेत ज्ञानेन्द्रनै यसका मुख्य दाबेदार देखिएका छन् ।

ज्ञानेन्द्रसँगै थप केही खेलाडी नयाँ कप्तानीका होडमा छन् । जसले घरेलु प्रतियोगितामा उत्कृष्ट नतिजा देखाउँदै आएका छन् ।

१. ज्ञानेन्द्र मल्ल

ज्ञानेन्द्र मल्ल

पारस कप्तान हुँदा नियमित रुपमा ज्ञानेन्द्रले राष्ट्रिय क्रिकेट टिमको उपकप्तानको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । पारस नभएको समय नेपालले ज्ञानेन्द्रको कप्तानीमा मैदान उत्रदै आएको छ ।

पारसले कप्तानी छाडे लगत्तै ज्ञानेन्द्रले तत्काल नेपाली टिमको कप्तानी पाउने सम्भावना प्रबल छ । ज्ञानेन्द्रले पारस नभएको अवस्थामा एउटा टी–ट्वान्टी र आईसीसीका ११ खेलमा कप्तानी गरेका छन् ।

टी–ट्वान्टी अन्तराष्ट्रियमा ज्ञानेन्द्रको नेतृत्वमा रहेको नेपालले जित हासिल गरेको छ । आईसीसीका ११ मध्य ३ खेलमा ज्ञानेन्द्रले सफलता दिलाएका छन् ।

उनको नेतृत्वमा रहेको फ्रेन्चाइज टिम ललितपुर पेट्रियट्सले गत संस्करणको एभरेस्ट प्रिमिएर लिग (ईपिएल) को उपाधि जितेको थियो ।

२. शरद भेषवाकर

शरद भेषवाकर

घरेलु क्रिकेटमा सफल खेलाडीको चिनिदै आएका शरद नेपाली क्रिकेट टोलीको सम्भावित कप्तान हुन् । हुन त उनले अहिलेसम्म नेपाली टिमको कप्तानी गरेका छैनन् ।

शरदको नेतृत्वमा रहेने टिम घरेलु फ्रेन्चाइज प्रतियोगितामा सबैभन्दा सफल टिम हुनेगर्छ ।

नेपाल प्रिमियर लिगमा पन्चकन्या तेजबाट उपाधि जितेका शरदले दोस्रो र तेस्रो संस्करणको ईपीएलमा भैरहवा ग्लाडियटर्सबाट फाईनल खेलेका थिए ।

पोखरा पल्टनबाट पीपीएल जितेका शरदले डीपीएलका दुई संस्करणको फाईनल खेलेका छन् । राष्ट्रिय टिमबाट मौका नपाएपनि घरेलु प्रतियोगितामा उनी सफल कप्तान बन्दै आएका छन् ।

३. दिपेन्द्र सिंह ऐरी

दिपेन्द्र सिङ एरी

पछिल्लो समय नेपालले खेलको दुई फरक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा दिपेन्द्रले उपकप्तानको जिम्मेवारी पाएका थिए । उनलाई नेपाली क्रिकेटका भविष्यको नेतृत्वकर्ताको रुपमा हेरिएको छ ।

नियमित उप–कप्तान ज्ञानेन्द्र पारिवारिक कारण देखाउंदै सिरिज भ्रमण नगर्ने भएपछि दिपेन्द्रले सो मौका पाएका थिए ।
दिपेन्द्रसंग उमेर समुहमा समेत कप्तान गरेको अनुभब छ । उनको कप्तानीमा नेपालले यू–१९ क्रिकेटमा भारतीय टिमलाई पराजित गर्दै एसिया कपमा इतिहास रचेको थियो ।

नेपालले कुनैपनि उमेर समूहका प्रतियोगितामा भारतलाई पराजित गरेको त्योनै पहिलो पटक हो ।

दिपेन्द्रले बिभिन्न घरेलु फ्रेन्चाइज टिमको समेत नेतृत्व गर्दै आएका छन् । गत संस्करणको डीपीएलमा दिपेन्द्र कप्तानीको सीवाइसी अत्तरियाले प्रतियोगिताको उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *